पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षे युवकको ज्यान गएको छ।
स्याङ्जा घर भई हाल पोखरा–५ मालेपाटन बस्ने मुक्तबहादुर रोक्काको मृत्यु भएको हो।
सोमबार दिउँसो करिब पौने १ बजे उनी खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेका थिए।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले उनलाई निकालेर मणिपाल अस्पताल पुर्याएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


