२०८३ जेठ ३१ । जुन १४ मा दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी–२०२६ अन्तर्गत नेपाल कार्यक्रम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्रलाई दुई देशबीचको सांस्कृतिक सेतुका रूपमा प्रयोग गर्दै प्रदर्शनीले चीन र नेपालबीच जनस्तरको आदानप्रदानलाई बलियो बनाउने उद्देश्यसहित उच्चस्तरीय शैक्षिक संवाद तथा चलचित्र प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्यो। यसले स्थानीय विद्यार्थी तथा चलचित्रकर्मीहरूलाई समकालीन चिनियाँ वुसिया ९मार्सल आर्ट० चलचित्रको आकर्षण र डिजिटल क्षमतासँग परिचित गराउनुका साथै चिनियाँ र नेपाली चलचित्रकर्मीहरूबीच कलात्मक सहानुभूति र संवादको वातावरण सिर्जना गर्यो।
कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको थियो, जहाँ द लिजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स तथा ब्लेड्स अफ द गार्डियनः विन्ड राइजेज इन द डेजर्ट चलचित्र प्रदर्शन गरियो। सहभागी प्राध्यापक तथा विद्यार्थीहरूले चिनियाँ वुसिया चलचित्रमा प्रस्तुत गरिएको वीरता र सदाचारको समकालीन पुनर्व्याख्याले नेपाली कला परम्परामा पाइने प्रकृति र मानवबीचको आध्यात्मिक सम्बन्धसँग गहिरो सामञ्जस्य स्थापित गरेको बताएका थिए। यसै क्रममा बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले “चिनियाँ वुसिया चलचित्रः शताब्दीदेखि विश्वसम्म” शीर्षकमा विशेष व्याख्यान दिँदै वुसिया संस्कृतिको विश्वव्यापी विस्तार र आधुनिक सन्तुलनबारे प्रकाश पारे।
त्यसपछि कार्यक्रम पोखरा विश्वविद्यालयमा पुगेको थियो, जहाँ हिमालयन रिम फिल्म प्रदर्शनीकी संस्थापक ह्वाङ जुनयानले उद्घाटन मन्तव्य व्यक्त गरेकी थिइन्। जुन १३ को बिहान आयोजित विशेष फोरमको सञ्चालन एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले गरेका थिए। “वुसिया चलचित्रदेखि एआई बजारसम्म” विषयमा आयोजित संवादमा चीनको अग्रणी एआई कम्पनीका जेनेरेटिभ–एआई मार्केटिङ विज्ञ रायन सहभागी भएका थिए। छलफलले कृत्रिम बुद्धिमत्ताले चलचित्र सिर्जना, उत्पादन प्रक्रिया तथा बजार संरचनामा ल्याइरहेको परिवर्तनलाई औद्योगिक र प्राविधिक दृष्टिकोणबाट विश्लेषण गरेको थियो।
यसपछि सहप्राध्यापक मा रुइछिङले “सीमाहीन वीरताः चिनियाँ वुसिया चलचित्र र विश्व दर्शक” शीर्षकमा व्याख्यान प्रस्तुत गर्दै चिनियाँ वीरता र सदाचारको भावनाले कसरी सांस्कृतिक सीमाहरू पार गर्दै विश्वभरका दर्शकसँग सम्बन्ध स्थापित गरेको छ भन्ने विषयमा विस्तृत व्याख्या गरेका थिए।
चलचित्र प्रदर्शन खण्डमा द मास्टर ले यथार्थवादी कुङफु शैली र जियाङहु ९मार्सल आर्टको नैतिक संसार० प्रति प्रतिबद्धतालाई चित्रण गरेको थियो भने आइ एम ह्वाट आइ एम–२ ले डिजिटल दृश्य प्रभावमार्फत साधारण युवाहरूको सपनाप्रतिको अथक संघर्षलाई प्रस्तुत गरेको थियो। यी दुई चलचित्रले चिनियाँ सिनेमामा वीरता, जीवनदर्शन र मानवीय मूल्यहरूको व्यापक चित्रण गरेका थिए।
प्रदर्शनपछि द मास्टर का निर्देशक सु हाओफेङ प्रत्यक्ष अनलाइन संवादमार्फत सहभागीहरूसँग जोडिँदै चिनियाँ मार्सल आर्ट सौन्दर्यशास्त्रबारे गहन छलफलमा सहभागी भएका थिए। त्यस्तै आइ एम ह्वाट आइ एम–२ का सहनिर्माता ली यिलिनले चलचित्र निर्माण प्रक्रिया र एनिमेसन सिनेमाको अन्तर्राष्ट्रिय अभिव्यक्तिबारे आफ्ना अनुभव साझा गरेका थिए।
शैक्षिक कार्यक्रम र चलचित्र प्रदर्शनबाहेक दिनभर सञ्चालन भएको “वुसिया फेयर” तथा “बु यी झेन जोङ” हस्तकला कार्यशालामा स्थानीय वस्त्रकर्मीहरूको मार्गदर्शनमा सहभागीहरूले साना हात्तीका आकृति तयार गरेका थिए। सांस्कृतिक समन्वयको प्रतीक मानिएका ती सिर्जनाले विद्यार्थीहरूलाई आफ्नै हातबाट दैनिक जीवनको सौन्दर्य अनुभव गर्ने अवसर प्रदान गरेका थिए।
यसैबीच कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्न्ऋ० प्रविधिको प्रयोग गरी तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत द एन्डलेस राइड सार्वजनिक गरिएको थियो, जसले हिमालय क्षेत्रका युवाहरूबीचको संवाद र सभ्यतागत आदानप्रदानलाई समकालीन सांगीतिक अभिव्यक्ति दिएको थियो।
यो प्रदर्शनी नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणसँग पनि संयोगवश एकै समयमा आयोजना भएको थियो, जसले दुई देशबीच उच्चस्तरीय आदानप्रदान निरन्तर गहिरिँदै गएको संकेत गर्दै जनस्तरको सम्बन्धलाई थप ऊर्जा प्रदान गरेको छ।
सभ्यता र हृदयलाई जोड्ने महत्वपूर्ण सांस्कृतिक मञ्चका रूपमा हिमालयन रिम फिल्म प्रदर्शनीले प्रकाश, चलचित्र र वुसियालाई माध्यम बनाउँदै हिमालय क्षेत्रका देशहरूबीच दीर्घकालीन सांस्कृतिक अन्तरक्रियाको नयाँ बाटो खोलेको छ। यो केवल अन्तरदेशीय चलचित्र महोत्सव मात्र नभई चीन र नेपालका युवाहरूले साझा समझदारी, सिर्जनशीलता र भविष्यको कल्पनालाई एकसाथ अघि बढाउने जीवन्त अभ्यासका रूपमा स्थापित भएको छ।
यस वर्षको हिमालयन रिम फिल्म प्रदर्शनीको प्रमुख गन्तव्यमध्ये एक रहेको पोखरा विश्वविद्यालय कार्यक्रमले चलचित्र प्रदर्शन, सर्जकहरूसँगको अन्तरक्रिया तथा सांस्कृतिक गतिविधिमार्फत चिनियाँ सिनेमाले विधागत सिर्जना र डिजिटल प्रविधिमा गरिरहेको विविध प्रयोगलाई प्रस्तुत गरेको थियो। कार्यक्रममा चिनियाँ र नेपाली चलचित्रकर्मीहरूले पूर्वीय सौन्दर्यशास्त्र, वीरताको कथा र स्थानीय सांस्कृतिक अभिव्यक्तिबारे विचार आदानप्रदान गर्दै एशियाली युवा सर्जकहरूबीच आपसी सम्बन्ध र समझदारीलाई अझ सुदृढ बनाएका थिए।