२०८१ मंंसिर ४ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ३ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन बिहीबार विभिन्न बिदाका खेलहरू सम्पन्न भएको छ ।
बिहीबार भएको १०० मि.दौड छात्र तर्फको खेलमा बराह मा.विका समुन्द्र राना प्रथम, पृथ्वी नारायण मा.विका अमित वि.क द्धितिय र निष्पक्ष मा.विका मिलन वि.क तृतीय भएका छन् । छात्रा तर्फ शारदा मा.वि की रोशिका अधिकारी प्रथम, बराह मा.वि की एलिसा लामिछाने द्धितिय र पृथ्वी नारायणकी सुमा वि.क तृतीय भएकी हुन् ।
४०० मि.दौड छात्र तर्फको खेलमा माछापुच्छ्रे« मा.विका अनुप नेपाली प्रथम, महेन्द्र मा.विका मुकेश नेपाली द्धितिय र बराह मा.विका नवराज गौतम तृतीय भएका छन् । छात्रा तर्फ महेन्द्र मा.वि की कुसुम नेपाली प्रथम, उदय मा.वि की प्रमिशा भण्डारी द्धितिय र पृथ्वी नारायणकी कमला भण्डारी तृतीय भएकी हुन् ।
ज्याभलिङ थ्रो छात्रा तर्फ पृथ्वीनारायण मा.वि की प्रसूतिका परियार प्रथम, बराह मा.वि की सन्जु नेपाली द्धितिय र शुक्लागण्डकी की सलिना नेपाली तृतीय भइन् ।
ज्याभलिङ थ्रो छात्र तर्फ माछापुच्छ्रे« मा.विका निशान पुन प्रथम, बराहका प्रदीप परियार द्धितिय र महेन्द्रका यन्जन नेपाली तृतीय भए ।
छात्रा भलिबल तर्फका सम्पूर्ण खेल बिहीबार नै सम्पन्न भएको छ । जसमा निष्पक्ष मा.वि प्रथम, गौरीशंकर मा.वि द्धितिय र शारदा मा.विले तृतीय स्थान हात पारेको छ । साथै बिहीबार अन्य विभिन्न बिदाका खेलहरूलाई निरन्तरता दिइएको थियो ।
मंसिर ३ गते देखि ५ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ ।
सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजी गर्दै संवर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हो ।
