मंसिर ५, हेमजा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे ६,कोे बराह मा.विले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा १० स्वर्ण ६ रजत र २ कास्य प्राप्त गरि बराहले उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ६ स्वण ३ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । निष्पक्ष मा.विले ४ स्वर्ण २ रजत ३ कास्याका साथ तेस्रो स्थान प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।

