इनर व्हिल क्लब अफ पोखराको पदस्थापन

समाचार होमपेज

पोखरा ।
इनर व्हिल क्लब अफ पोखराले बिबिध कार्यक्रम सहित बर्ष २५/२६ को कार्यसमितिको पदस्थापन कार्यक्रम साउन २ गते एक भव्य र सभ्य समारोहका बिच सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बर्ष २५/२६का नव अध्यक्ष बिन्दु के.सि.ले महिला मात्र सदस्यहरुका विच मित्रता तथा अन्तराष्ट्रिय सम्बन्ध प्रवर्धन गर्ने, व्यक्तिगत स्वार्थ भन्दा माथि उठी समाज सेवा गर्ने साथै नेतृत्व र व्यक्तिगत उद्देश्य राखी स्थापित यस इनर व्हिल क्लब अफ पोखरा आफुलाई सदैव यस्ता समाजसेवाका कार्यहरुमा समर्पित गरेको कुरा जानकारी गराउदै पुर्व अध्यक्ष ज्युहरु मेम्बरहरु सुभचिन्तकहरुले देखाउनुभएको मार्गदर्शनलाई अंगालेर निर्माण गरेको बलियो आधारमा थप ईटा थप्न चाहेको भन्दै सकृय रुपमा सहभागी भै आफ्ना बिचारहरु साझा गर्नमा लाग्ने बताउनुभयो ।

प्रमुख अतिथि डि.सि. कमला श्रेष्ठले गर्नुभएको सो कार्यक्रममा बार्षिक प्रतिबेदन बर्ष २४/२५ का अध्यक्ष रेशमा बैध्यले सबै मेम्बरहरुलाई मायाको चिनो प्रदान गर्दै नया अध्यक्ष बिन्दु केसिलाई पदस्थापन गराउनुभयो ।

छात्रवृत्ती तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गत माचापुच्छ्रे मा.बि.का कक्षा–६ मा अध्ययनरत २ जना छात्रहरु क्रमश सिमा बि.क. र किस्मत गुरुङलाई बितरण गर्ने, वृक्षारोपण कार्यक्रम, क्यान्सर ब्धबचलभकक एचयनचबmmभ,नेतृत्व तथा बकतृत्व बिकास कार्यक्रम, आवश्यक बिद्यालयमा शैक्षिक सामाग्री ,न्यानो कपडा तथा खाध्यान्न बितरण कार्यक्रम, आँखा शिविर संचालन गर्ने, क्लबले विगतका वर्षहरुमा गर्दै आईरहेको वार्षिक कार्यक्रमहरुलाइ यस बर्ष पनि निरन्तरता दिने जनाइएको छ ।

उक्त अवसरमा माछापुच्छ्रे माबि भुर्जुङखोलामा कक्षा ६ मा अध्ययनरत दुईजना जेहन्दार र मिहेनति छात्राहरु सिमा बि.क र किस्मत गुरुङलाई बिद्यालयमा लाग्ने बार्षिक खर्च जनहि रु ८ हजार २ सय ५०, झोला ड्रेस स्टेशनरी लगायतका सामग्री बर्ष २४/२५ का र २५/२६ का अध्यक्षहरु लगायतबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । छात्रवृत्ति कक्षा १० सम्म निरन्तर प्रदान गर्नेकुरा सोही कार्यक्रममा जानकारी गराइएको थियो ।

सोहि अवसरमा अधिकांश बक्ताहरुले बर्ष २४।२५ का अध्यक्ष रेस्मा वैध्यको कार्यकाल हालसम्मकै उत्कृष्ट भएको र उहाँलाई हार्दिक बधाई दिदै नया बिन्दु के.सिको टिमको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा बोल्दै निवर्तमान अध्यक्ष वैध्यले साथीहरुको न्यानो मन कठोर काम र मिठो हाँसो नै क्लबको आत्मा हो । ईनर व्हिल एक हात होईन धैरै हातहरुको समन्वय हो । ईनर व्हिल एउटा क्लब होईन एउटा कथा हो र हामी त्यसका पात्र जसले समाजमा नयाँ अध्याय लेख्न बाँकी छ भन्ने भनाई राख्नुभयो ।

कार्यक्रममा करिब ८० जनाको उपस्थितिमा भएको सो कार्यक्रम पोखराको महेन्द्रपुलको रोयल साकुरा रेष्टुरेन्टमा भएको थियो भने कार्यक्रमको संचालन सचिब प्रभा पन्थले गर्नुभएको थियो ।