हेमजा युनाइटेड होली कप–२०८१,को उपाधि वडा ९ र वडा १ लाई 

खेलकुद
फागुन २९,हमेजा । हेमजा युनाइटेड द्धारा आयोजित हेमजा होली कप–२०८१,को उपाधि वडा न. ९ र १ ले जितेको छ । ।
बिहीबार  भएको खुल्ला उमेर समूहको  फाइनल खेलमा २–० गोल अन्र्तरले वडा न.६ लाई पछि पार्दै वडा न. ९ विजेता बनेको हो । वडा न. ६ ले उपविजेतामा चित्त बझायो ।
३९ वर्ष र माथि उमेर समूहको  फाइनल खेलमा ४–० गोल अन्तरले  वडा न.५ लाई पछि पार्दै वडा न. १ विजेता बन्यो । वडा न. ५ उपविजेतामा सिमित रहयो ।
२९ वर्ष र माथि उमेर समूहको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइव्रेकरमा ३–२ गोल अन्तरले वडा न.६ लाई पछि पार्दै वडा न.९ खुल्ला उमेर समूहको विजेता बन्यो । वडा न.६ उपविजेतामा चित्त बझायो ।
टुर्नामेन्टका प्रत्येक विधाको  विजेताले मेडल र खसी प्राप्त गरे  भने उप–विजेताले मेडल  र बोका प्राप्त गरे । उत्कृष्ट गोलरक्षक वडा न. ६ का सुशान्त थापा  र उत्कृष्ट खेलाडी बाट वडा न. ९ का विकास कुँवर घोषित भए ।