हेमजा बाल डान्स आइडल तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

समाचार

पोखरा, ९ फागुन । पोखरा महानगरपालिका २५ नं। वडा कार्यालयले पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत हेमजामा बाल डान्स आइडल तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ ।

आधारभूत तह कक्षा १–५ सम्मका प्रतियोगितामा हेमजा बोडिङकी रिती कें.सि प्रथम , ज्ञनसागरका बिजय हर्मेल द्धितिय  र तृतीय घवलागिरी बोडिङकी दिवान पुन भईन   । कक्षा ६ देखि ८ सम्म प्रथम सृष्टि सुनार बालकल्याण आ।बि, द्धितिय बिन्जला बराल ज्ञानसागर र तृतीय स्थान धवलागिरी बोर्डिङकी माधवी पौडेलले हात पारिन  । त्यस्तै मा। बि तहको प्रतियोगितामा ज्ञान सागर एकेडेमी बाट लक्ष्मी सुनार प्रथम, धवलागिरीबाट दिपिका बि।क द्धितिय र तृतीय बिष्णु पादुका मा।बिबाट मोनिका श्रेष्ठ भएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेले  १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्राप्त गरे । अन्यलाई सहभागिताको प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

निर्णयकाको भूमिकामा युवराज गुरुङको संयोजकत्वमा सदस्य ईश्वरी राना मगर र गम्भीर वर्दीवाले सहजीकरण गरेका थिए ।

 गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । बिखर्चीले २५ न.वडा कार्यालयले  वडा कार्यालयको नीति तथा कार्यक्रम अन्तर्गत  वाल नृत्य प्रतियोगिता आयोजना गरेर महानगरमा कै नमुना कार्यक्रम भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य ,“हरेक बालबालिका सँग कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ, तिनै प्रतिभा उजागर गर्न वडा कार्यालयले यो कार्यक्रमको आयोजना गरेको पोखरा महानगर पालिका वडा नं। २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोती लाल तिम्सिनाले बताए ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी ईश्वरी बास्तोला तथा शिक्षक हरिप्रसाद गौतमले गर्नु भएको थियो  ।