फागुन २ , हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न–९ सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन भएको सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१ को तेस्रो दिन ५ खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा यातायात मर्दि हिमाल समूहलाई पछि पार्दै कालीमाटीले विजय सुरुवात गरेको हो । एन वि.वाई सी र ठुलाखेत विच भएको दोस्रो खेलमा ठुला खेत विजय भयो । घलेल र कुरुवा बिच भएको खेलमा घलेल विजय भयो । भुर्जुङखोला र घाचोक बिच भएको खेलमा भुर्जुङखोला विजय हुन सफल भयो । अन्तिम खेलमा सैमराङलाई पराजित गर्दै किम्चेले आगामी यात्रा तय ग¥यो ।
माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाई कर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।
भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रमको बिच स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा बाजागाजा सहितको नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति राखेका थिए ।
