फागुन ३, हेमजा । कास्की माछापुच्छे« –९, सिधिङमा सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी सिधिङ कप पुरुष भलिबल प्रतियोगिता विशेष फाल्गुण ३ गते अर्थात आज नेपाली गीत संगितको माध्यम बाट राष्ट्रिय अन्तराष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छे« गाउँपालिकाकी चेली,माछापुच्छे« गाउँपालिकाको गौरव, युवा संगीतप्रेमी हरुको ढुकढुकी बहुचर्चित गायीका समीक्षा अधिकारीको बेजोड प्रस्तुति रहने माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब क्षेत्रीले बताए । समिक्षाको उपस्थित हुने खबरले स्थानियमा उत्साह उमंग देखिएको क्षेत्रीले थप उल्लेख गरे ।

