माछापुच्छ्रे–सिधिङ कप पुरुष भलिबल प्रतियोगिता : दोस्रो दिन ४ खेल सम्पन्न

खेलकुद

फागुन १ , हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न–९ सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन भएको सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१ को दोस्रो दिन ४ खेल सम्पन्न भएको छ । सिघिङ र ठाटीँ विच भएको पहिलो खेलमा ठाटीँले विजय शुरुवात गरेको हो । माछापुच्छे«–३, घाचोक र पोखरा–१६ गरल्याङ विच भएको दोस्रो खेलमा गरल्याङले घाचोकलाई पराजित गर्दै आगामी यात्रा तय गरेको छ । कुईबाङ र इमो विच भएको तेस्रो खेलमा इमो विजय भयो । विहिवार भएको अन्तिम खेलमा धादिङले खाइब्राङलार्ई पराजित गर्न सफल भयो । https://youtu.be/M4pRCjwTyL4?si=HsRZrLl2t5AalRPV

सिधिङ युनाईटेड क्लबको वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको पुरुष भलिबल प्रतियोतिलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री मित्रलाल बस्यालले खलकुद संगै गाउँको विकास र पर्यटन प्रबर्द्धनमा सरकार केन्द्रित हुनुपर्नेमा जोडदिनु भयो ।https://www.facebook.com/Mardiseti/videos/1199667264826778

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले यस क्षेत्रका पर्यटकीय स्थलको प्रबर्द्धनमा टानको साथ सहयोग निरन्तर रहने विश्वस व्यक्त गर्नभयो ।https://www.facebook.com/Mardiseti/videos/605070215665170

माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको विच स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा बाजागाजा सहितको नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति राखेका थिए । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब क्षेत्रीले फागुन ३ गते चर्चित गायिका समिक्ष अधिकारीको प्रस्तुति रहने बताए । समिक्षाको उपस्थित हुने खबरले स्थानियमा उत्साह उमंग देखिएको क्षेत्रीले थप उल्लेख गरे ।

सिधिङ खेलकुद मेदानमा सञ्चालन भएको प्रतियोगितामा फागुन २ गते पहिलो खेल कालिमाटी र यातायात समुह विच विहान ठिक ९ः०० बजे र दोस्रो खेल घलेल र करुवा विच ११ः०० बजे हुने कार्यक्रम संयोजक मोहन सिंह तामाङले जानकारी दिए ।

सिधिङ युनाइटेड युथ क्लवका अध्यक्ष शुक वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए ।