पौष १३, हेमजा ।
हेमजा सहित्य प्रतिष्ठान नेपालले लियो क्लब अफ हेमजाको सहकार्यमा शनिबार पोखरा–२५, हेमजामा अवस्थित विष्णुपादुका माईस्थान मन्दिर सभाकक्षमा आफ्नो नियमित मासिक शुभप्रभात काव्यमाला कार्यक्रमको २५५औं शृङ्खला कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य कृष्ण प्रसाद पौडेलले वर्तमान कार्य समितिले विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै नेपाली साहित्यमा पुर्याएको योगदानको मुक्तकन्ठले प्रशंंसा गरेका थिए ।
प्रतिष्ठानका संस्थापक सचिव कोबिदशरण उपाध्यायले वर्तमान कार्यसमितिले पोखराका साहित्यिक संस्थाहरुमा आफू लाई क्रियाशील संस्थाको रुपमा सावित गर्न सफल बनेकोमा वर्तमान कार्यसमितिलाई बधाईका साथ प्रतिष्ठान को उत्तरोत्तर प्रगतिको शुभेच्छा राखेका थिए।
समाजसेवी ॠषिराम पौडेल प्रतिष्ठान वर्तमान अवस्था सम्म ल्याउन का लागि कार्यसमितिमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु प्रति आभार प्रकट गरेका थिए।
कोहिनुर अफसेट प्रेसका सन्चालक एवम् प्रतिष्ठान का संरक्षणक वसन्त बाँस्तोलाले प्रतिष्ठानले साहित्यको साथै सामाजिक बिकासमा पुर्याएको योगदान को प्रशंसा गरेका थिए।
सोही अवसरमा प्रतिष्ठानका गतिविधि बाट प्रभावित भएका व्यक्तिहरु ले प्रतिष्ठानलाई आर्थिक रकम सहयोग गरेका थिए । सहयोग गर्नेहरु मा भरतचन्द्र गौतम रु १००० र , ॠषिराम पौडेल रु ३५००, वसन्तराज त्रिपाठी रु ५००, वसन्तराज बाँस्तोला ६०० बराबरको व्यानर , मेनका आचार्य रु १०००, प्रतिष्ठानका अध्यक्ष बलराम पौडेललाई हस्तान्तरण गरेका थिए।
प्रतिष्ठान का अध्यक्ष बलराम पौडेलले प्रतिष्ठान लाई सहयोग गर्ने अग्रजहरु, लियो क्लब अफ हेमजा, विष्णुपादुका माईस्थान धार्मिक बिकास समिती, आर्थिक सहयोग गर्ने सहयोगी मनहरु र कार्यक्रममा उपस्थित भएर कार्यक्रम लाई शोभनीय बनाउने महानुभाव र संस्थाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका थिए।
शुभप्रभात काव्यमाला कार्यक्रम को २५५औं शृङ्खला कार्यक्रम मा भरतचन्द्र गौतम, डा।अनिल थापा, ॠषिराम पौडेल, विष्णु प्रसाद बाँस्तोला, गंगा त्रिपाठी, आभास दाहाल, वसन्तराज त्रिपाठी,कोबिदशरण उपाध्याय, मेनका आचार्य, सुनिल गायक, प्रकाश त्रिपाठी, कृष्ण प्रसाद पौडेल , बलराम पौडेल लगायत ले आफ्ना रचना वाचन गरेका थिए भने लियो क्लब अफ हेमजा को टिम बाट मौलिक भजन र गन्धर्व सारङ्गी प्रशिक्षण पाठशाला का भाई बहिनीहरु ले सारङ्गी प्रस्तुत गरेका थिए ।
हेमजा सहित्य प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लियो क्लब अफ हेमजाका अध्यक्ष सुशान्त बांँस्तोलाले स्वागत र प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले कार्यक्रम संचालन गरेका थिए ।

