माछापूच्छे«–५ रिभानमा परिवार नियोजनको अभिमुखिकरण

Headlines शिक्षा समाचार होमपेज

पोखरा, ११ असार । नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखिकरण कार्यक्रम गरेको छ ।

कास्कीको माछापूच्छे« गाउँपालिका वडा नं ५ रिभानस्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो ।

कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला र किशोरकिशोरीका लागि यौंन तथा प्रजनन् स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

संघले कास्कीका विद्यालय तथा कलेजमा र्यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा अभियान संचालन गरिरहेको छ ।