गौरीशंकर बहुमुखी क्याम्पस हेमजाको ३५ औँ वार्षिकोत्सव सम्पन्न

Headlines Top Post शिक्षा समाचार होमपेज

माघ ८, हेमजा । कास्की पोखरा महानगरपालिका-२५, हेमजा मेलबोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसको ३५ औ वार्षिकोत्सव एवं सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विभिन्न बाधा अवरोधहरू पार गर्दै कास्की क्षेत्र न.३ कै पहिलो सामुदायिक नमुना क्याम्पको रूपमा स्थापित क्याम्पसले बिहीबार भव्य समारोहको आयोजना गरी वार्षिकोत्सव भनाएको हो ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०४८ सालमा स्थापना गरिएको क्याम्पस आज भौतिक पूर्वाधार सँगै गुणस्तरीय शिक्षा प्रदान गरी आजको प्रतिस्पर्धात्मक युगका लागि दक्ष जनशक्ति उत्पादन गर्नु नै यस क्याम्पसको मूल लक्ष्य रहेको बताउनु भयो ।

३५ र्औ वार्षिकोत्सव समारोह सञ्चालक सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षता र गण्डकी प्रदेश सांसद माननीय गणेशमान गुरुङको प्रमुख आतित्थतामा भएको थियो । गुरुङले यस्ता नमुना सामुदायिक क्याम्पसको सञ्चालक लागि स्थानीय निकाय,प्रदेश देखि संघ सरकार साथै सहयोगी दाताहरूले आ–आफ्नो ठाउँबाट उत्थानका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड्दिनु भयो ।

समारोहमा ,२५ न वडा का.वा अध्यक्ष सुभाष भण्डारी, पूर्व अध्यक्ष भुवनेश्वर पौडेल, प्रा.डा दिनेश बास्तोला, निवृत्त शिक्षक झलक राना मगर,सिनेटर सदस्य नेत्रपाणि भण्डारी,सम्मानित व्यक्तिहरू बाट चतुरमान श्रेष्ठ, लागायताले  मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहका बिच शैक्षिक पुरस्कार, छात्रवृत्ति प्रदान,दिर्ग सेवा सम्मान, उत्कृष्ट शिक्षक सम्मान,सहयोगी दाताहरू लाई सम्मान गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम रहेको थियो । अधिवेशनले भने पूर्णता पाउन सकेन । शुक्रवार सम्म पूर्णता पाउने विश्व लिइएको छ ।

उपाध्यक्ष रमा त्रिपाठीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मान बहादुर कार्कीले गर्नुभयो ।