कास्की काँग्रेसको भवन मर्मत सम्भारका लागि समिति

समाचार

पोखरा, २५ असोज । नेपाली काँग्रेस कास्कीको भवन मर्मत सम्भारका लागि समिति गठन गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटको संयोजकत्व भवन मर्मत सम्भार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सदस्यमा कोषाध्यक्ष माइकल कर्माचार्य, सदस्यमा पार्टीका सदस्यहरु बाबुराम गिरी र बुद्विमान गुरुङ रहनु भएको छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा पदाधिकारीहरुको बैठकले समिति गठन गरेको हो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।

भवन मर्मत सम्भारका लागि ठूलो रकम खर्च लाग्ने अनुमान गरिएको छ । पार्टीका सदस्य एवं शुभेच्छुकसँग सहयोग संकलन गरि भवन मर्मत सम्भार गरिने प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।