लियो जिल्ला परिषद् ३२५ जे नेपालको अध्यक्षमा गोरखाका बालकृष्ण

समाचार

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ जे नेपालको वर्ष २०२५/२६ को जिल्ला अध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्वाचित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठ्माडौंमा शनिबार सम्पन्न भएको तेस्रो अधिवेशनमा परियारले अत्यधिक मत प्राप्त गरेर जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

लायन वर्ष २०२४/२५ का जिल्ला अध्यक्ष लियो सविन भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लियो क्लब चियरपर्सन लायन रुद्र बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो ।

१० वर्ष देखि निरन्तर लियो यात्रामा सक्रिय रही लियो क्लब अफ गोरखाको अध्यक्ष हुँदै लियो जिल्ला परिषद् ३२५ जे नेपालको जिल्ला सचिव र जिल्ला उपाध्यक्ष पदमा रहेर सामाजिक कार्य गरिसकेका परियार गोरखा जिल्ला भिमसेन थापा गा.पा– ४,  धावा घर भई विगत १० वर्ष देखी गोरखा बजारमा व्यवसाय गर्दै सामाजिक कार्यमा सक्रिय रहेका छन् ।

त्यस्तै गरी जिल्लाको उपाध्यक्षमा लियो क्लब अफ काठ्माडौं मिलनका लियो आशिस थापा निर्वाचित भएका छन् भने अध्यक्ष परियारले जिल्ला सचिवमा लियो क्लब अफ पोखरा चौतारीका निवर्तमान अध्यक्ष लियो सहनशील पौडेल, जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ काठमाडौँ मिराकल फेमिलेका लियो दान बहादुर थापा र चिफ रिजन कोडिनेटरमा लियो क्लब अफ काठ्माडौं बालाजु हाइटको पूर्व अध्यक्ष तथा रिजन कोर्डिनेटर लियो विनीता बोगटीलाई मनोनीत गरेका छन् भने वाकी पदमा पछि मनोनीत गर्ने परियारले बताए ।

लियो बालकृष्ण परियार जिल्ला अध्यक्षमा निर्वाचित हुँदा ३८ वर्षको लियो इतिहास बोकेको लियो क्लब अफ गोरखाको छुट्टै पहिचान बनेको लियो क्लब अफ गोरखाको अध्यक्ष लियो मिलन उपरकोटीले बताए ।