संस्कृत युवा मञ्च नेपालको भित्ते-पात्रो विमोचन 

समाचार

संस्कृत युवा मञ्च  नेपालद्वारा प्रकाशित वि।सं २०८२ सालको गण्डकी भित्ते-पात्रो विमोचन , शुभकामना आदानप्रदान तथा सेती गण्डकी दिव्य महाआरती  एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पोखरा ९ शान्ति घाट ,आरती भवनमा भएको उक्त कार्यक्रम पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

मर्सानीले संस्कृत युवा मञ्च नेपालले सामाजिक काममा लागेर गरेको कार्यको प्रशंसा गर्दै  पञ्चाङ्ग सहितको यस्तो गुणस्तरीय भित्ते -पात्रो प्रकाशनमा ल्याउनु असाध्यै राम्रो काम भएको बताउनु भयो । उहाँले   सेती गण्डकीको साप्ताहिक सन्ध्याकालीन महाआरती गरी अझै राम्रो काम गरेको भन्दै यस्ता सामाजिक तथा धार्मिक कार्यहरूमा आफू र वडाको तर्फबाट सक्दो सहयोग तथा साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा संस्थाका  सल्लाहकार तथा विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका सह-प्राध्यापक  डा. भोलानारायण रेग्मीले धर्म ,संस्कार, संस्कृति र संस्कृतको संरक्षणका निम्ति युवा मञ्चले खेलेको  भूमिका प्रति खुसी व्यक्त गर्दै थप कार्यका लागि प्रोत्साहन समेत गर्नुभयो ।

कार्यक्रममा  वडा नं ९ का वडा सदस्य नन्दराम गिरी, भित्ते पात्रो प्रकाशन  उप समितिका संयोजक लक्ष्मण पौडेल लगायतले आ९आफ्नो मन्तव्य राख्दै शुभकामना प्रदान गर्नुभएको  थियो भने गुरुहरू विकाश पौडेल , अरविन्द चापागाईँ र आनन्द गौतमले गण्डकीको सन्ध्याकालीन आरती गर्नु भएको कुरा संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष  विश्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष  महेन्द्र पौडेलले  स्वागत मन्तव्य ,संस्थाका सचिव दिवाकर पौडेलले  कार्यक्रम सञ्चालन गर्नु भयो ।