हेमजा सञ्चार सहकारीको अध्यक्षमा बाँस्तोला

समाचार
हेमजा सञ्चार सहकारी संस्था पोखरा २५ हेमजाको १२ ओैँ साधारणसभा तथा पाँचौं अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले बिष्णु बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नारायण बाँस्तोला, सचिवमा आरति अधिकारी, कोषाध्यक्षमा कमलमणि त्रिपाठी र सहसचिवमा परशुराम अधिकारी चयन हुनु भयो । अन्य सदस्यमा शिबलाल पौडेल, निर्मल श्रेष्ठ, भिमराज भण्डारी र कृष्णराज पोखरेल रहनु भएको छ । समितिका अन्य २ सदस्य तथा लेखापरीक्षण समिति पछि मनोनयन गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनता सँग समर्पित रहेको रेडियो भएको हुदा चुनौती धेरै रहेको उल्लेख गर्दै फरक किसिमबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहकार कृष्ण कुमारी डवाडी र सदस्य भिमराज भण्डारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा प्राबिधिक एवं संवाददाता गोविन्द तिमिल्सिना र कार्यक्रम सञ्चालक भीमप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष नारायण बाँस्तोलाले स्वागत गरि सुरु भएको कार्यक्रममा सहसचिव आरति अधिकारीले सहकारीको सात सिद्धान्त वचन गर्नुभयो । सचिव प्रकाशचन्द्र सापकोटाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कमलमणि त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गर्यो ।
संस्थाका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गर्नुभएको थियो ।
May be an image of 10 people and text that says 'BEM MENE สส.ย//๒ 6и 방.치 EER21160 KE/100/NG हेमजा सज्चार सहकारी संस्था लि. रेडियो हेमजा ττy मेगाहर्ज हसी जय याાં कुशी पोसरा महाजरणलिका हेमज कतरकी कोज κορBτE ৭શ औ बार्षिक साधारण सभा तथा पांचौ चुनावी सभा स्थान पोखरा शपु. हेमजा सं्दरपुरी (मादापुच्डे पार्टी प्यालेस)'