मिस तामाङ पोखराको ट्यालेण्ट राउन्ड सकियो,  माघ १२ मा ग्राण्ड फिनाले

पर्यटन

मिस तामाङ पोखराको ट्यालेण्ट राउन्ड सम्पन्न भएको छ ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा  नवौँ संस्करणको मिस तामाङ पोखरामा सहभागी प्रतियोगीहरूले विभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले बुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए ।  प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पूर्णिमा थिंङ्ग तामाङले लिम्बु जातीले प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।

यसै गरी अर्का प्रतियोगी सुनिता तामाङले आफूले  उनीको धागोबाट तयार पारेका विभिन्न हस्तकलाका सामाग्री प्रदर्शनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाएका थिए ।  शिशा लामाले आफै गिटार बजाउँदै गीत गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए ।

यसै गरी अर्का प्रतियोगी पूर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए ।