यातना पिडितका सवालमा सरोकारवालाको भूमिका विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

Headlines बिचार

यातना पिडितका सवालमा सरोकारवालाको भूमिका विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कोपिला नेपालको आयोजना र युएन.ओ.एच.सि.एच.आर. को सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोपिला नेपालका कार्यकारी प्रमुख विना सिलवालले युएन.ओ.एच.सि.एच.आर. को १० वर्षे परियोजना अन्तर्गत संस्थाले यातना पिडित र तिनका परिवार सहित मानसिक स्वास्थ्यका क्षेत्रका गरेका कार्य, प्राप्त उपलब्धी र आगामी दिनमा सरकारले गर्न पर्ने काम बारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यातना पिडितका लागि मनोसामाजिक सहयोग अन्तर्गत गण्डकी प्रदेशका ९ जिल्लामा कार्य गर्दा हाल मानसिक स्वास्थ्य समस्यामा विक्षिप्त भएकाहरुले अहिले जिल्ला स्तरमै संस्था बनाएर नेतृत्व गर्ने गरेको सुनाउनु भयो । परियोजनामा समेटिएका यातना पिडित व्यक्तिहरु हाल आफ्नो जिविकोपार्जन र मानसिक स्वास्थ्य समस्याको सामना गर्न सक्ने हुनु नै परियोजनाको सफलता भएको सुनाउनुभयो । उहाँले गण्डकी प्रदेशका विकटका क्षेत्रमा अझै पनि राज्यको स्रोत र साधन पुग्न नसकेकोमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । विश्व भरनै मानसिक स्वास्थ्य समस्या वढ्दै गएको बताउदै गण्डकी प्रदेश भित्र एउटा पनि मानसिक स्वास्थ्य उपाचारका लागि सरकारी तवरबाट विषेश व्यवास्था हुन नसक्नु भएका निजी अस्पतालको सेवामा पहुच पुर्याउन नसक्नु र्दुभाग्य भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लावाट सहभागी पिडितहरुले अझै पनि द्वन्द तथा यातना पिडितहरुको पहिचान खुल्ने परिचयपत्र नहुदा शिक्षा , स्वास्थ्य , रोजगारीमा सरकारबाट प्राप्त हुने छात्रवृति , अनुदान , निशुल्क स्वास्थ्य विमा लगाएतका सुविधा प्राप्त गर्न कठिनाइ भोग्नु परेको बताए ।

कार्यक्रममा संबोधन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले पिछाडिएका वर्ग, द्वन्द पिडित र मानसिक स्वास्थ्यका क्षेत्रमा कोपिला नेपालले राज्यले गर्नु पर्ने काम गरेको भन्दै प्रशंसा गर्न भयो । अझै पनि द्वन्द पिडितको पहिचान खुल्ने परिचयपत्र नभएको पिडितकै तर्फबाट थाहाँ पाउदा आफु पनि दुखि भएको बताउदै यातना पिडितका सवालमा गर्नै पर्ने कार्य नितिगग रुपमै समाधान गर्न पहल गर्ने बताउनुभयो । द्वन्दको पिडाले विक्षिप्त भएर मानसिक स्वास्थ्य विग्रेकाको कोपिला नेपाल दुख भुलाउदै अगि बढाउने अभिभावक बनेको बताउदै परियोजना सकिएता पनि संस्थाले गरेको कार्यलाई प्रदेश सरकार सहित अन्य निकायबाट पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । देशमा स्थिर सरकार आए मात्र निति निर्माणमा सहज हुने र बनेका निति निर्णयहरु पनि कार्यन्वयनको पक्षमा जाने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले नेतृत्वमा हुनेहरुले सानुभूति होइन समानुभूति प्रकट गदै काम गर्नु पर्ने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य पञ्चराम गुरुङले देश विकास र सुशासनका नाममा जनतालाई द्वन्दमा लगाएर भएको व्यवस्था परिवर्तनले तिनै द्वन्द पिडितलाई उल्टै पिडा माथि पिडा थपेको बताउनुभयो । सशस्त्र द्वन्द पछिको जनआन्दोलनले ल्याएको परिवर्तनले पटक पटक यतिका सरकार फेरिदा पनि पिडितले न्याय नपाउने अवस्था सृजनाहुनु भनेको नेतामात्र होइन अब जनता सुध्रिएर समस्यालाई राजनितिकरण गर्नेलाई होइन समस्याको समाधान गर्ने व्यक्तिलाई चुन्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य , स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली , राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले , राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीतु गर्तौला लगायतले यातना पिडितले उठाएका चासोका विषयका बारेमा संबोधन गरेका थिए । कोपिला नेपालका महासचिज रमा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन तिर्थ बहादुर थापा क्षेत्रीले गरेका थिए ।