माछापुच्छे« गाउँपालिकाका विधार्थीलाई लियो हेमजाले न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

समाचार

लियो क्लब अफ हेमजाले कास्की माछापुच्छे« गाउँपालिकाका विधार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

क्लबले लियो सप्ताहाको अवसर पारेर माछापुच्छे« गाउँपालिका .१ रुम्जामा रहेको श्री हिमाली आधारभूत बिद्मालयका १२ जना विधार्थीहरुलाई चिसो बाट बच्न न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।

कार्यक्रमालाई सम्बोधन गर्दै लियो हेमजाका पुर्व अध्यक्ष एवं लियो जिल्ला परिषद ३२५ जे नेपालका चिप क्वर्डिनेटर लियो निराजन अधिकारीले क्लबले गरेको सहयोगि कामको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यमा यसरी नै सक्रिय रहन आग्रह गर्नुभयो । पछिल्लो समय ग्रामीण क्षेत्रमा विधालयको संख्या घट्दै गएकाले यसमा सरोकारवाला निकायहरुले समयमा नै यस्ता समस्याको सामाधानका लागि शैक्षिक गतिविधिमा सुधार ल्याउनु पर्ने बताउनु भयो । विधालयको शिक्षकमैत्री बनाउनका लागि विधालय, अभिभावक, समुदाय समेतमा सुमधुर र सौर्हार्द दिगो मैत्री सम्बन्ध हुनु पर्नेमा जोड दिनु भयो ।

बिधालयका प्र.अ मन ब. पुनले विधार्थी र विधालयको आवस्यकतालाई मध्यनजर गरेर न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गर्नुभएकोमा क्लब प्रति धन्यबाद व्यक्त गर्नभयो ।

लियो हेमजाले आफ्नो स्थापना काल देखिनै विभिन्न समयमा रक्तदान,विपन्न तथा असहायलाई आर्थिक सहयोग,खेलकुद तथा शैक्षिक सामाग्री साथै नितृ, सार्वजानिक स्थाल सरसफाई,बोटो विरुवा रोप्ते लगाएतका कार्य निरन्तर गर्दै आएको छ ।

लियो क्लबका अध्यक्ष्ाँ शुसान्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लियो शुसिल त्रिपाठी गर्नुभयो ।