मंसिर २०, हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
शिविर विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका नागरीकहरुको स्वास्थ्य लाभका लागि आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेले बताउनु भयो ।https://www.facebook.com/share/v/14m3QuPTeA/

गौरिशंकर आमा समुह अध्यक्ष उमा भुर्तेल पौडेलका अनुसार शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोग, गौरीशंकर आमा समुह हेमजाको सहजिकरण रहने छ ।
विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा सुगर, मृगौला तथा महिला सम्बन्धी सम्पुर्ण रोगहरुको परिक्षण गरिने किरण गुरुङ मेडिकलका प्रवन्ध निर्देशक किरण गुरुङले बताउनु भयो ।
स्वास्थ्थ परिक्षण गर्न आउँदा खालिपेटमा र नियमित खाईरहेको औषधी साथमा लिएर आउन आर.सि हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक रामचन्द्र पौडेलले थप उल्लेख गर्नभयो ।
शिविर गौरीशंकर मा.वि हेमजामा विहान ठिक ८ः०० बजे देखि दिनको २ः०० बजे सम्म सञ्चालन हुने छ ।

