सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक 

राजनीति

पोखरा, १८ मंसिर । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ ।

तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

अभियानका कास्की जिल्ला प्रतिनिधि एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको विशेष उपस्थितिमा बैठक गरी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छmलफल गरिएको थियो । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान महत्वपूर्ण हुने केन्द्रीय सदस्य भट्टराईको भनाइ छ ।

कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले बैठकबाट प्राप्त सुझावहरुलाई समेटेर अभियानलाई जनताको घरदैलो सम्म पु¥याइने बताउनुभयो ।

बैठक कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा भएको थियो ।