छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति लाहाचोकलाई

Uncategorized
मंसिर ८, हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे ४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ५ स्वर्ण १ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *