माछापुच्छ्रे–४ का वडाध्यक्ष अधिकारीले प्रदेश सचिवमा दिए उम्मेदवारी

राजनीति समाचार
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३, प्रदेश नं. १ को प्रदेश अधिवेशनमा माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकका वडाध्यक्ष मधुसूदन अधिकारीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अधिकारीले आफू पार्टीप्रति प्रतिबद्ध रहँदै स्थानीय तहमा प्राप्त अनुभव तथा योगदानका आधारमा प्रदेश अधिवेशनमा सचिव पदका लागि अघि बढेको जनाएका छन्। उम्मेदवारीसम्बन्धी सार्वजनिक गरिएको प्रचार सामग्रीमा उनले पार्टीलाई थप सुदृढ बनाउन तथा कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका वडाध्यक्षका रूपमा परिचित अधिकारीले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएका छन्। प्रदेशस्तरमा पार्टी संगठनलाई प्रभावकारी बनाउन आफ्नो अनुभव उपयोग गर्ने उनको भनाइ रहेको प्रचार सामग्रीमा उल्लेख छ।
उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त हुने सुझाव, सल्लाह र मतलाई महत्त्वपूर्ण आधारका रूपमा लिने बताएका छन्।

S