कास्की माछापुच्छ्रे गाउँपालिकामा दुई दिने शैक्षिक प्रदर्शनी कार्यक्रम सुरु

Headlines शिक्षा

हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका आयोजना तथा शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा पालिका स्तरीय बृहत् शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सुरु भएको छ । वैशाख १४ र १५ गते गरी दुई दिन चल्ने कार्यक्रममा सोमवार पालिका भित्रका मा.वि तहका सामुदायिक विधालयका विध्यर्थी तथा शिक्षहरु द्धारा निमार्ण गरिएको विभिन्न विज्ञान, प्रविधि, गणित, सामाजिक, सांस्कृतिक र हस्तकला लगायतका शैक्षिक सामाग्री प्रदर्शनी गरिएको छ ।

सोमवार माछापुच्छ्रे गाउँपालिका वडा १,२,३,४ र ६ का वडामा  केन्द्र तोकिएका शारदा मा।वि,माछापुच्छ्रे मा.वि,शुक्लागण्की मा.वि, र महेन्द्र मा.वि र बराह मा.विले प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयहरूका  परिसर हेर्दा दुलही जस्तै श्रिङगारिका थिए । झट्ट हेर्दा कुनै मेला महोत्सवमा गए जस्ता देखिने विद्यालय परिसरमा विध्यर्थी तथा शिक्षहरु द्धारा निमार्ण गरिएका विभिन्न विज्ञान, प्रविधि, गणित, सामाजिक, सांस्कृतिक र हस्तकला लगायतका विभिन्न सामाग्रीहरू प्रदर्शनमा राखेका थिए ।

प्रदर्शनीका सामाग्रीहरूको अवलोकन पश्चात् गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले यस्ता समाग्रीहरुले उनीहरूको सृजनशीलता बढाउने र निर्मित ती सामग्राीहरुको प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरिन । यस कार्यक्रमले माछापुच्छ्रे गाउँपालिकाको शैक्षिक अभियानमा एक फड्को मार्न महत्त्वपूर्ण भूमिका खेल्ने थप उल्लेख गरिन ।

शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले वर्षभरि सिकेका, जानेका विषयमा उनीहरुलेको प्रत्यक्ष उपस्थितिमा शैक्षिक सामाग्री बनाउन सक्नुन र पढेका कुरा हेरेरै सिकुन् भन्ने उदेशयले गत आर्थिक वर्ष देखि कार्यक्रमको  सुरुवात गरेका बताइन । गत वर्षको कार्यक्रमबाट घेरै अनुभव मिलेको बताउदै यसको निरन्तरताले आगामिदिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्ने छ भन्ने आफु ढुक्क रहेको बताइन ।

गाउँपालिका शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारी, शिक्षा समिति सदस्य गोविन्द अधिकारी, बिषयगत शिक्षक नर बहादुर गुरुङ लगाएतले कार्यक्रमले बालबालिकाको शिक्षा, तथा समग्र विकासमा थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने धारण राखेका थिए ।

प्रदर्शनीमा पालिका उपाध्यक्ष, पालिका अन्तरगतका विभिन्न वडाका अध्यक्षहरू, गाउँ शिक्षा समिति,वडा शिक्षा समिति,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक सघं, अभिभावक, विद्यार्थी एवं स्थानीयहरूको घुइँचो देखिन्थ्यो । पालिका उपाध्यक्ष देखि सरोकारवालहरू शिक्षक तथा विद्यार्थीहरूले बनाएका विभिन्न विषयका शैक्षिक सामाग्री हेरेर दंग देखिन्थे।

मंगलबार  वडा न. ५, ६ ७, ८, ९ मा रहेका पृथ्वीनारण मा.वि,निष्पक्ष मा.वि, भुमेश्वर माध्यमिक विद्यालय,  बराह मा.वि र गौरीशङ्कर मनीलाल माबिमा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रमले निरन्तरता पाउनेछ ।