माछापुच्छ्रे गा.पाका सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन हुने

Headlines शिक्षा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रम २०८३ साल बैशाख १६ गतेदेखि जेठ १४ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका विभिन्न तहका २१ वटा विद्यालयमा केन्द्र तोकी अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रमका क्रममा विद्यार्थीहरूले वर्षभरि गरेका शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरूको प्रदर्शनी समेत गरिनेछ। यसले अभिभावकलाई आफ्ना बालबालिकाको प्रगति प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

कार्यक्रमले अभिभावकलाई बालबालिकाको शिक्षा, हेरचाह तथा समग्र विकासमा थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।