पौष २६, हेमजा । नेपाल रेडक्रस सोसाइटी हेमजाले ३२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार वडा न।२५ हेमजाका कार्यबहाक अध्यक्ष सुभाष भण्डारीको प्रमुख आतिथ्यताकामा आफ्नै सभा हलमा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गदै कार्यवाहक वडा अध्यक्ष सुभाष भण्डारीले रेडक्रसले यस क्षेत्रमा गर्ने मानवीय सहायताका सबै कामहरूमा वडा कार्यालयको निरन्तर सहयोग र सहकार्य रहने बताए । साथै विपतको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोगमा जटनुपर्ने समेत थप उल्लेख गरेका थिए ।
कार्यक्रममा उपशाखाका सह–कोषाध्यक्ष जयाराम तिम्सिनाले आर्थिक प्रतिवेद प्रस्तुत गरे । त्यस्तै संस्थाले विगतमा गरेका मुख्य उपलब्धिहरू साथै आगामी कार्य योजना साथ सचिव रमा त्रिपाठीले प्रतिवेदन प्रस्तुत गरिन् ।
उक्त कार्यक्रमका बिच अध्यक्षको प्रतिवेदन नेत्रपाणी भण्डारी प्रस्तुत गरेका थिए । प्रतिवेदन सँगै नेपाल रेडक्रस सोसाइटी पोखरा–२५,हेमजा उपशाखाको ३२ औँ वार्षिक साधारण सभाका अवसरमा सोहि दिन शनिवार विहान रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा २१ युनिट रगत सङ्कलन गरेको कार्यक्रम बिच जानकारी दिए । अध्यक्षले रेडक्रस स्वयंसेवक, दाता तथा सहयोगी संघ–संस्थाहरूको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा मानव सेवा, रक्तदान अभियान, स्वास्थ्य सचेतना र विपद् व्यवस्थापनका कार्यक्रमलाई अझ सशक्त बनाइने प्रतिबद्धता जनाए।
साधारण सभामा स्थानीय समाजसेवी,स्वयंसेवक,सदस्यहरू तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी सदस्यहरूले प्रतिवेदनमाथि सुझाव राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमुखी बनाउन जोड दिए।
अध्यक्ष नेत्रपाणी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रमा त्रिपाठीले गरिन् ।
