हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा मासिक रूपमा सञ्चालित शुभ प्रभात काव्य मालाको २६२ औँ शृङ्खला सम्पन्न भएको छ।
उक्त श्रृंखलामा कृष्ण प्रसाद पौडेल, बलराम पौडेल, वसन्त राज त्रिपाठी,दिवाकर पौडेल ,आक्रान्त गौतम, गन्धर्व सारङ्गी संरक्षण पाठशाला, माछापुच्छ्रे बाल भजन समूह तथा ज्ञान सागर एकेडेमी का विद्यार्थीले रचना वाचन तथा प्रस्तुति दिएका थिए।
प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल प्रतिष्ठानले बालबालिकाका प्रतिभा प्रस्फुटनमा निरन्तर लागिरहेको र आजको प्रस्तुतिले आफू अत्यन्त खुसी भएको बताउनु भयो। प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल तथा निवर्तमान अध्यक्ष बलराम पौडेल ले प्रस्तुति राखेका समूहलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष सुनिल गायक को अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष आक्रान्त गौतमले गरेका थिए।

