मौरी संरक्षण सचेतना अभियान कास्कीको दोस्रो साधारण सभा सम्पन्न

Headlines समाचार

 

भाद्र १४,हेमजा । मौरी संरक्षण सचेतना अभियान कास्कीको दोस्रो साधारण सभा शनिवार पोखरा २५ हेमजामा अवस्थित माछापुच्छ्रे« पार्टी प्यालेसमा सम्पन्न गरेको छ । सभाको पोखरा महानगरपालिका वडा न।२५, हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिम्सिनाले विगत दुई वर्ष यता वडा न। २५ हेमजाले पचास प्रतिशत अनुदानमा एक घर एक घार मौरी अभियान सञ्चालन गरेको बताउँदै वडाले यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

मौरी पालनबाट स्वास्थ्य र जीवनमा महत्त्वपूर्ण भूमिका मात्र खेल्ने नभएर पर्यावरणीय सन्तुलन सहित व्यावसायिक मौरी पालनबाट प्रभावकारी आय आर्जनको माध्यम समेत हुने भएकोले मौरी संरक्षण अभियानलाई थप क्रियाशील भएर भावी योजना बनाउन आग्रह गर्नुभयो । साथै वडा संरक्षण अभियाको साथमा रहेको समेत उल्लेख गर्नुभयो ।

सचिव कपिलराज दाहाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष मञ्जुल सुवेदीले संस्थाको आर्थिक वर्ष २०८१÷८२को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमका बिच गण्डकी कोटि होममा भएको राष्ट्रिय भजन प्रतियोगितामा प्रथम र द्धितिय  हुन सफल देवीस्थान भजन समूह र माछापुच्छ्रे« सेवा समाज पोखरा –२५ हेमजालाई कदरपत्रका साथ सम्मान संरक्षण अभियानले सम्मान गरेको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा सदस्य सुभाष भण्डारी, कृषि व्यावसाय प्रवर्धन सहयोग तथा तालीम केन्द्र पोखराका प्रभुख भानुभक्त भटराई,कृषि ज्ञानकेन्द्र पोखराका कार्यालय प्रमुख किरण सिग्देल, देवीस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मौरी संरक्षण सचेतना अभियानका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष महादेव अधिकारीले र  सञ्चालन सचिव कपिलराज दाहालले गर्नुभयो ।