बचत सघंको तालिम सम्पन्न

अर्थ

पोखरा ।  कास्की बचत तथा ऋण सहकारी सघंको आयोजना र राष्ट्रिय सहकारी बैङ्कको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण मापदण्ड २०८२ समबन्धि तालिम सम्पन्न गरेको छ ।

प्रशिक्षक एवं सहजकर्ता राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नव कुमार अधिकारीले प्रशिक्षण दिनु भएको कार्यक्रममा ४५ सहकारी संस्थाहरूका सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरू गरी ६७ जना सदस्यहरूको सहभागिता रहेको थियो  । राष्ट्रिय सहकारी बैङ्क लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा कुमारी ढकाल पराजुलीले शुभकामना मन्तव्य राख्दै सहकारीहरूलाई परेको समस्या र चुनौतीहरूको सहजीकरण गर्न सहकारी  बैङ्क हरदम प्रयासरत रहेको बताए   । संस्थाहरूको समस्याहरू  बैङ्कको जुनसुकै शाखामा राख्न सकिने र बैङ्कले समाधान का लागी प्रयासरत रहने थप उल्लेख गरे  ।

कास्की बचत तथा ऋण सहकारी  संघका पुर्व अध्यक्ष एवं सल्लाहकार सुदिप ढकालले  हाल सहकारी संस्थामा देखिएको विसङ्गति र विकृतिलाई कसरी समाधान गरी संस्थालाई समुदायको विश्वासिलो र जबाफदेही  संस्था बनाउन सकिन्छ भन्नेबारेमा सबैले गहनरुपमा मनन गर्नुपर्ने धारणा राख्दै, सहकारी प्रधिकरण, सहकारी  विभाग बाट जारी नीति,नियम, मापदण्ड र निर्देशनको पालना नगरी आफूखुसी संस्था सञ्चालन गरेमा चाँदीका चुरा लगाउनु पर्ने अवस्था सृजना हुने तिर सहकारीकर्मिहरु सजग र सचेत हुनुपर्नेमा जोड दिए  ।

राष्ट्रिय सहकारी बैङ्क गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले  सहकारी नीति ,नियम, निर्देशनहरू  पनि समय अनुकूल परिवर्तन हुँदै जाने र हामीले पनि समय अनुसार नै सहकारीका प्रडक्टहरू सहकारी सदस्य मैत्री बनाउनु पर्ने धारणा राख्दै सहकारीकर्मिहरुले सहकारी कानुनहरूको पूर्ण परिपालना नगरी आफूखुसी मनोमानी गर्ने प्रिमियम लिएर सदस्य बनाउने र  ऋण अपचलन गर्ने संचलक, कर्मचारी र शेयर सदस्यहरू पनि कानुनी कठघरमा उभिनु पर्ने बताए ।

उपाध्यक्ष ईशवर प्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै बचत सङ्घले आफ्नो सदस्य संस्थाहरूलाई यस्तै प्रशिक्षण, तालिम, गोष्ठी र अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी सदस्य संस्थाहरूलाई  नीति, नियम र निर्देशनहरूको बारेमा जानकारी गराई सक्षम,सफल र जवाफ देहिता सहकारी संस्था निर्माणमा सहयोगीको भूमिका निर्माण गर्नु रहेको जानकारी दिए  ।
सहकारीका सञ्चालकहरू मेनका पौडेल, बन्दा सुवेदी किरण अधिकारी एवं लेखा संयोजक केशव प्रसाद ढकाल, शिक्षा उपसमिति सदस्य रवीन्द्र राज पौडेल र शिवराम भण्डारी सङ्घको व्यवस्थापक इन्दिरा कार्की थापा लयगतको उपस्थिति रहेको थियो ।सहभागीको तर्फबाट बोल्दै द गोर्खाज साकोसका निताश गुरुइ्ले  सङ्घले आगामी दिनमा यस्तै उपलब्धि मूलक कार्यक्रमहरूको आयोजना गरोस् भन्दै  कार्यक्रमबाट धेरै ज्ञान सिकेको र सिकेका कुरा  आफ्नो संस्थामा लागु गर्न प्रयासरत रहने बताए ।  त्यस्तै रतन पाण्डे साकोसको तर्फबाट रबिमोहन बरालले कार्यक्रम निकै प्रभावित भएको बताए । आगामी दिनमा पनि सहभागिता जनाउने प्रतिबद्धता गरे ।
बचत संघका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले प्रभु म्यानेजमेन्ट प्रा ली ले सहकारी संस्थाहरूको कारोबार रकम र धरौटी रकम फिर्तामा विलम्ब गरेकामा सङ्घको गम्भीर ध्यानाकर्षण भएको र सो रकम फिर्ताका लागी सङ्घले सम्बन्धित निकायमा पहल गर्ने कार्यक्रमका बिच  जानकारी दिए ।

सङ्घको शिक्षा तालिम उपसमिति संयोजक एवं  कोषाध्यक्ष केशव शरण पौडेलले धन्यवाद ज्ञापन गरेको  कार्यक्रम सञ्चालन सचिव मिनराज तिमल्सिनाले गरेका थिए ।