हेमजा, १६ श्रावण । पोखरा–२५ हेमजा मिलनचोक स्थिति क्याप्सुल मेडिको फर्माको आयोजनामा शनिवार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा पेट,छाती,मुटु, मिर्गौला,कलेजो,प्रेसर,सुगर,थाइराइड,हाडजोर्नी तथा नशारोग, बालरोग सम्बन्धी उपचार,महिला तथा प्रसूति रोगको उपचार,सर्जरी सम्बन्धी उपचार,मनोरोग सम्बन्धी परामर्श साथै विभिन्न रोगको परीक्षण भएको थियो । सम्बन्धित रोगका विभिन्न विशेषज्ञको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शिविर बाट ३५० जना लाभान्वित भएको मेडिको फर्माका सञ्चालक डा।विनय पौडेलले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधीसमेत वितरण गरिएको थियो । ल्यव लागएत अन्य विभिन्न सेवामा २५ प्रतिशत छुट समेत दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न।२५,हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले नगररिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै स्वास्थ्यको महत्त्वलाई उजागर गर्दै स्वास्थ्य नै हाम्रो जीवनको सबैभन्दा अमूल्य धन हो भन्ने धारण व्यक्त गरे ।

क्याप्सुलले पोखरा–२५,हेमजा र छिमेकी वडा साथै अन्नपूर्ण र माछापुच्छ्रे« गाउँपालिका बासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको व्यवस्थापक वसन्तराज पौडेलले बताए । पहिलो पटक आयोजना गरेको शिविरमा उल्लेखनीय उपस्थितिले आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिन हौसला मिलेको बताए ।
हेमजामा सामाजिक संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गरेको लियो क्लब अफ हेमजाले शिविरमा विशेष सहजीकरण गरेको थियो ।