हेमजा । २५ न। वडा कार्यालय पोखरा २५ हेमजाले बिहीबार सरोकारवालहरू सँग छलफल गरेको छ । सरोकारवालहरू सँगको छलफलमा २५ न। वडा कार्यालयले चालु आ।व २०८१÷८२ को आषाढ २३ गते सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा जनस्तरबाट उठेका मुख्य समस्याहरूको पहल कदमि उपाय एवं, समाधानका लागि छलफल गरेको हो ।
छलफलमा मुख्य सडक किनारमा आफूखुसी निर्माण गरिएको ¥याम्प, सामुदायिक कुकुर नियन्त्रण, सडक बत्ती, सडकको सौन्दर्यीकरण, विद्त्, इन्टरनेटका तारको ब्यवस्थापन, अव्यवस्थित पार्किङ ,होर्डिङ बोर्ड, फुटपाथ व्यवस्थापन लागायता अन्य विभिन्न समस्या समाधान केन्द्रित छलफल भएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनु भयो ।
तिम्सिनाले सार्वजनिक सुनुवाइ साथै उक्त छलफल बाट वडालाई उत्कृष्ट र समुन्नत वडा बनाउन महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त भएको र जनस्तरबाट आएका सुझाव गुनासालाई वडाको तर्फबाट संवोधन गर्दै जाने विश्वास दिलाए । साथै श्रावण १७ गते शनिवार वडाको रोवरमा हेमजामा रहेका टोल विकास संस्था,सुरक्षा निकाय ,नगर प्रहरी, रेडक्रस,युवा क्लब साथै सञ्चारकर्मीहरूको उपस्थितिमा वडा मातहतमा भएका विभिन्न चरणका छलफलमा उठेका समस्याहरूको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय गरिएको बताउनु भयो । प्रत्येक समूहमा वडा कार्यालय बाट १ जनाको प्रतिनिधित्व रहने गरी ८ समूहमा विभाजन गरी स्थलगत अवलोकन गरिने थप उल्लेख गर्नुभयो ।

