हेमजा । कास्की माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा प्रथम कोदो रोपाइ महोत्सव हुने भएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र माछापुच्छे« गाउँपालिकाको संयुक्त आयोजनामा यँहि श्रावण १६ गते लाहाचोक सानोपाटक बाट ५०० मिटर भित्र रहेको दवाडी चोकमा हुने भएको हो ।
“स्वदेशी उत्पादनमा आत्मनिर्भर बनौँ । भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा विशेष गरी महिला आमासमुह बिच कोदो रोपाई प्रतियोगिता रहने छ । कार्यक्रमका बिच उक्त दिन ख्यातिप्राप्त जन गायक जीवन शर्माको विशेष प्रस्तुतिका साथै स्थानीय कलाकारहरूको पञ्चेबाजाका साथ विभिन्न मनोरञ्जनात्मक संस्कृति कार्यक्रम हुनेछन् । आयोजकका अनुसार सोही दिन खिर खाने कार्यक्रम पनि राखिएको मर्दीसेति डटकमलाई जानकारी दिए ।

