२५ न. वडा कार्यालयले ग¥यो विपत् व्यवस्थापन  तथा  न्यूनीकरणको पूर्व तयारी  

समाचार

हेमजा ।  बर्खायाम सुरु हुन लागे सँगै विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरण आवश्यक तयारीका लागी  २५ न. वडा कार्यालयले सम्बन्धी सरोकारवाल निकाय सँग शुक्रवार छलफल गरेको छ ।  वडा कार्यालय सभा हलमा अध्यक्ष मोतीलाल तिम्सिनाको अध्यक्षतामा वडाका जनप्रतिनिधि, कर्मचारी, वडा स्तरीय विपद् व्यवस्थापन समिति, रेडक्रस, टोल विकास समिति, राजनीतिक दल,युवा क्लब,महिला सञ्जाल ,सञ्चारकर्मी, नेपाल प्रहरी लगाएको उपस्थितिमा पूर्व तयारी विशेष छलफल गरिएको हो ।

छलफलमा बर्खा याम सुरु सँगै हुने सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि, जोखिम युक्त स्थानको पहिचान गर्नुपर्ने,नागरिकहरूलाई आपत्कालीन अवस्थाको सामनामा गर्नु पर्ने सावधानीका उपायहरू बारे सचेतना शिक्षा , बर्खा याम सँगै पानीको मात्रा धेरै  हुने ठाउँहरूमा बसोबासमा रोक लगाउनु  पर्ने ,समुदाय स्तरमा नियमित उद्धारका कृत्रिम अभ्यास, स्थायी र भरपर्दो सूचना प्रवाह, पूर्व चेतावनी प्रणाली,  विपद् पूर्व तयारीका क्रियाकलापलाई विकास निर्माण र वातावरणीय अनुकूलन बनाइ अगाडी बढ्नु पर्ने लगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्ष मोतीलाल तिम्सिनाले विगतका वर्षहरूमा अविरल वर्षाका कारण पोखरा–२५, हेमजा, सुई खेतमा आएको बाढी पहिरोका कारण बस्ती डुबान, चौरासी नहर ठाउँ–ठाउँमा फुट्न गई विभिन्न समस्या समेत झेल्नुपरेको स्मरण गर्दै यी यस्ता समस्याको दिर्गकालिन समाधानको लागि वडा बाट निरन्तर पहल पछि पोखरा महानगरको गौरवको आयोजनमा राखेर संघ सरकार बाट विशेष अनुदानमा ५ करोड स्वकृति भएको र आगामी वर्षका लागि १ करोड ४३ लाख विनियोजन हुने र  ३ वर्षका लागि क्रमगत रूपमा बजेट आउने बताउनु भयो ।  त्यसैले भविष्यमा चौरासी नहर बाट विगतका झैँ ठुलो समस्या भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाल  बर्खा याम सुरु सँगै हेमजाका विभिन्न ठाउँमा हुन सक्ने सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि  पूर्व तयार बैठकको आयोजना गरिएको अध्यक्ष मोतीलाल तिम्सिनाले बताए ।