हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा २५६९ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको पुरस्कार वितरण तथा २५९ औँ शुभ प्रभात काव्य माला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगपालिका वडा न-२५ का वडा सदस्य तfरा विश्वकर्मा ज्यूले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्न प्रतिष्ठान निरन्तर लागेको मा धन्यवाद दिँदै कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउनु भयो, कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद पौडेल,चित्रकला प्रतियोगिताका निर्णायक इन्जिनियर अमृत कुँवर लगायतले बोल्नु भएको थियो।
चित्रकला प्रतियोगितामा ज्ञान सागर एकेडेमीका गरिमा त्रिपाठी प्रथम,स्नो भ्यु बोर्डिङ स्कुलका नमरस श्रेष्ठ द्वितीय, अम्बिका मा.वि.का रोहन सुनार तृतीय र धवलागिरि बोर्डिङ स्कुलका विपेश रसाइली सान्त्वना भए। 
कार्यक्रममा हेमजा गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षार्थी, धौलागिरि बोर्डिङ स्कुल बाल भजन समूहको प्रस्तुति रहेको थियो। आर्या त्रिपाठी, कृष्ण प्रसाद पौडेल लगायतले रचना वाचन गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा प्रतिष्ठानका कोषाध्यक्ष आक्रान्त गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
