“मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको ६८ औँ राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा जिल्ला सहकारी संघ कास्कीले सप्ताह व्यापी कार्यक्रम अनुरूप चैत्र १५ र १६ गते प्रथम अन्तर सहकारी स्तरीय वृद्धि चाल प्रतियोगिता सम्पन्न गरेको छ । 
प्रतियोगितामा २५ वटा सहकारी संस्थाका ३२ जना सदस्यहरूको सहभागिता रहेको थियो । उक्त खेलको उद्घाटन पोखरा महानगर पालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले चेसको गोट्टी चाली उद्घाटन गर्नुभएको थियो । सहकारी दिवस २०८१ मूल समारोह समितिका संयोजक एवं जिल्ला सहकारी संघका अध्यक्ष दीपकराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य बचत संघका अध्यक्ष शेर बहादुर कार्की ले गर्नु भयो भने, चिफ आर्विटर महेश्वर अधिकारीले खेलको नियमहरूको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बचत संघका सचिव मिनराज तिमिल्सिनाले गरेका थिए । 
शनिवार सम्पन्न प्रतियोगिताको विजेता हेमजा साकोसका व्यवस्थापक किरण कुमार रञ्जित ले ४।५ अंकका साथ प्रथम स्थान हासिल गर्नुभयो भने सोही साकोसका अध्यक्ष रामचन्द्र त्रिपाठी ४।५ अंकका साथ द्धितिय हुनु भएका थिए । यसै गरी क्रमशः तेस्रो देखि दसौँ स्थानसम्म लेखनाथ सामुदायिक साकोसका सागर साई ४ अंक, सिद्धिविनायक साकोसका वुद्धिराज शर्मा ४ अंक, फेवा साकोसका विनोद नाल्मी ३।५ अंक, शुभम साकोसका युवराज भण्डारी ३।५ अंक, उपकार साकोसका गोविन्दलाल श्रेष्ठ ३।५ अंक, उपकार साकोसका गणेश बहादुर ढकाल ३।५ अंक, नविन सकोसका सुनिल बहादुर कोइराला ३ अंक, जय लक्ष्मी साकोसका आराम्भ सिंह भण्डारी ३ अंकका साथ विजयी हुनभएको थियो । यसै गरी उक्त प्रतियोगितामा एक मात्र महिला सदस्य सनसाईन साकोसका सुकमाया सुवेदीको सहभागिता रहेको थियो । विजेता संस्था र सदस्यहरुलाई चैत्र २० गते सहकारी दिवसका दिन पोखरा सभागृह हलमा पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

