हेमजा होलि कप सोमवार देखि सुरु, पहिलो दिन ८ खेल सम्पन्न ।

समाचार

फागुन २६, हेमजा । हेमजा यूनाइटेड द्धारा आयोजित हेमजा होली कप ५ए साइड फुटबल टुर्नामेन्ट सोमवार देखि सुरु भएको छ ।

पहिलो दिन ८ खेल सम्पन्न गरेको छ । पहिलो उद्दघाटन खेल वडा न.८ र ४ बिच भएको थियो । निर्धारित समयमा 1-1 को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा परिणत भयो । १-३ को गोल अन्तरले पछि पर्दै वडा ८ ले बिजय सुरुवात गरको छ । दोस्रो वडा न.४ र ६ बिच भएको खेलमा १-२ गोलको अग्रता कायम गर्दै वडा ६ अगामी यात्रा तय गर्‍यो । तस्रो खेल वडा ३ हेमजा र लाहाचोक बिचको तालिकामा लाहाचोकको अनुपस्थितमा  वडा ३ लाई आयोजकले बिजय घोषणा गरको थियो । क्रमश वडा न. ९ र वडा न.१ बीच बिच भएको खेलमा ०-४ गोलले ९ले अग्रता कायम गर्यो । वडा २ र ६ बिच भएको खेलमा ०-२ गोलले वडा न.६ ले अग्रता लियो । वडा ७ र ५ बिच भएको १-२ गोलले ५ ले अग्रता पायो । साथै ५ र ३ बिच भएको खेलमा ०-२ गोलले वडा ३ ले अग्रता पायो । मंगलबार निम्म तालिकामा खेल हुनेछ ।

युवा एकता र विकासका लागि खेलकुदु भन्ने नाराका साथ होली पर्वको अवसरमा स्थानीय हेमजा युनाइटेड क्लबले आयोजना गरेको टुर्नामेन्ट फागुन २९ गतेसम्म सञ्चालन हुने क्लब अध्यक्ष राजेश त्रिपाठीले बताए ।

टुर्नामेन्टमा हेमजाका साबिक ९ वटा वडा र साबिक लाहाचोक गाविसका वडाहरूलाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । टुर्नामेन्टमा साबिक वडा खुला उमेर समूह, साबिक वडा २ ९ वर्ष र सोभन्दा माथिको उमेर समूह र साबिक वडा ३९ वर्ष र सोभन्दा माथिको उमेर समूहको खेल समावेश गरिएको छ ।

टुर्नामेन्टका विजेताले मेडल र खसी प्राप्त गर्ने छ भने उपविजेताले मेडल र बोका पाउने छन् ।