विश्वराज वास्तोलालाई CICA International University बाट ‘Doctor of Philosophy’ मानार्थ उपाधि प्रदान

समाचार

अमेरिकामा नेपाली समुदायबीच सुपरिचित विश्वराज वास्तोला लाई CICA International University ले ‘Doctor of Philosophy in Humane Letters’ (मानव सेवामा दर्शनशास्त्रको डाक्टर) मानार्थ उपाधि (Honoris Causa) प्रदान गरेको छ।

शिक्षा र सामाजिक सेवामा लामो योगदान

नेपालमा विभिन्न विद्यालयहरूमा प्रधानाध्यापक भएर काम गरिसकेका वास्तोला पछिल्लो समय नेपाल सरकारको विशेष शिक्षा परिषदमा विशेषज्ञको रूपमा नियुक्त भएका थिए। उनले शिक्षण पेशामा राष्ट्रिय तथा जिल्ला स्तरका पुरस्कारहरू प्राप्त गर्दै नेपाली शिक्षाक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

२०१० मा अमेरिका गएका वास्तोला हाल न्युयोर्कका स्थायी बासिन्दा हुन्। प्रवासमा समेत उनले जनसम्पर्क समिति, CCNC USA, अन्तर्राष्ट्रिय कास्की समाज, हेमजा समाज, वहिरा समाज, एनआरएन लगायतका संस्थाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

समाजसेवामा अग्रणी योगदान

विश्वराज वास्तोला नियमित रक्तदाता तथा रक्तदान अभियन्ता पनि हुन्। समाजसेवामा उल्लेखनीय योगदानका लागि वेस्टर वे नगरले उनलाई “Effective Organizer” र “Human Rights Defender” को रूपमा सम्मान गर्दै सेप्टेम्बर ६ लाई “Bishwaraj Bastola Day” घोषणा गरेको थियो। यो नगरको सबैभन्दा उच्च सम्मान (Highest Honor) हो।

नेपाली पहिचानलाई प्रवर्द्धन गर्दै

गत सप्टेम्बर २३ मा लङ आइल्याण्डको हेम्पस्टेड नगरमा नेपालको झण्डा फहराउने कार्यक्रम विश्वराज वास्तोलाको संयोजनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य र प्रवक्ता मोति तिम्सिना पनि नगरको निमन्त्रणामा उपस्थित भएका थिए।

CICA International University को मानार्थ उपाधि

CICA International University ले उनको सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै यो प्रतिष्ठित उपाधि प्रदान गरेको हो। Doctor of Philosophy in Humane Letters (Honoris Causa) विशेष रूपमा शिक्षा, समाजसेवा, र मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने मानार्थ उपाधि हो।

यस उपाधिले विश्वराज वास्तोलाको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च सम्मान प्राप्त भएको प्रमाणित गर्दछ। अमेरिकामा रहेका नेपाली समुदायका लागि यो गर्वको विषय बनेको छ।