लामो समयदेखी समाजिकतथाधार्मिक क्षेत्रमाकामगर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदानगरिएको छ ।
राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको विधान २०५८ को (आठौं संशोधन २०८१,पोखरा सहित) परिछेद ३ दफा ९ को उपदफा ९.१ (ख) बमोजिम फाउण्डेसनलाई मानार्थ सदस्यताप्रदानगरिएको हो ।
राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगीता २०८१ को अवसरमा भरतपुर चितवनमाअध्यक्ष रीताथापाले प्रमाणपत्र हस्तान्तरण गरेकीहुन् ।
फाउण्डेसनले आगामी २०८२ बैशाख १७गते देखी जेठ २६ गते सम्म पोखराको लेकसाइडमा ऐतिहासिकश्री गण्डकी कोटिहोम महायज्ञको आयोजना गरेको छ ।

