कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

राजनीति

 

नेपालीकाँग्रेस कास्कीको प्रवक्तामानवीनसिग्देल मनोनितहुनुभएको छ। नेपालीकाँग्रेस कास्कीका सभापतिकिशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनु भएका सिग्देललाई प्रवक्तामा मनोनित गर्नुभएको हो ।

नेपालीकाग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिमसिग्देललाई प्रवक्तामामनोनयन गरेको पत्रमाउल्लेख छ । प्रवक्तामासिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्तिपार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउनविगतमाझै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ ।

सिग्देल कास्कीको १४औ जिल्लाअधिवेशनबाट सहसचिवमानिर्वाचितहुनुभएको थियो । १३ औं अधिवेशनबाट सदस्यमानिर्वाचितसिग्देलले अघिल्लो कार्यकालपनितीनवर्ष भन्दाबढी समय प्रवक्ताको भूमिकानिर्वाह गर्नुभएको थियो । विद्यार्थी राजनीतिहुँदै पत्रकारितामापहिचानबनाउनु भएकासिग्देल नेपालविद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियनकास्कीको निवर्तमानअध्यक्षहुनुहुन्छ । देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउननदिने उहाँको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमाकाम गर्नका लागिठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *