खानेपानी अभाव मेट्न हेमजामा वोरिङ थप्दै

Headlines Top Post

पोखरा । पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको पोखरी खेतफाटमा मंगलबार खानेपानी बोरिङको शिलन्यास गरीएको छ।

खडेरीको वेला खानेपानी अभावलाई परिपूर्ति गर्ने उद्देश्यले खानेपानी वोरिङको शिलन्यास गरिएको हो ।

पोखरा महानगर पालिकाका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सिना, नेपाल खानेपानी संस्थान हेमजा शाखाका प्रमुख ई.सन्तोष कुमार दास, वडा सदस्य तथा कार्यपालिका सदस्य धन कुमारी पोख्रेल तिम्सिना, वडा सदस्य तारा विक, वडा सदस्य कृष्णबहादुर कुँवर, सूचना अधिकारी ईश्वरीप्रसाद बास्तोला राजनितीकदलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि समाजसेवीको उपस्थितिमा खानेपानी वोरिङको शिलन्यास गरिएको हो ।
पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सिनाले हेमजावासीलाई खानेपानी सहज पहुच पु¥याउनका लागि वडाले नेपाल खानेपानी संस्थानसँग सहकार्य गरेर काम अगाडि बढाएको बताउनुभयो ।

‘हाम्रो चाहान भनेको वडावासीलाई सहज पहुचका साथ शुद्ध खानेपानी पु¥याउन रहेको छ’ उहाँले भन्नुभयो,‘ अव छिट्टै नै हेमजावासीले सिधै धाराबाट नै पानी पिउन मिल्ने बनाउन पानी प्रशोधन केन्द्र बनाउने तयारी शुरु भएको छ ।’

करिव ७० लाखको लागतमा सम्पूर्ण काम पुरा गर्ने गरि शिलन्यास गरिएको उक्त वोरिङबाट दैनिक १२ लाख लिटर उत्पादन गर्ने लक्ष रहेको नेपाल खानेपानी संस्थान हेमजा शाखाका प्रमुख ई. सन्तोष कुमार दासले बताउनुभयो ।

अघिल्लो वर्ष सैलाघारी वोरिङबाट १५ देखि १६ लाख लिटर पानी दैनिक रुपमा उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

‘सैलाघारी वोरिङले खडेरीको वेलामा पानी आपूर्तिलाई सहजता बनाएको छ’ उहाँले भन्नुभयो,‘हेमजा अन्यत्र भन्दा खानेपानीको माग धेरै छ यसलाई परिपूर्ति गर्न पनि यो खडेरी अगाडि नै वोरिङ बाट पानी उत्पादन गरिने छ ।’

विशेष गरी हेमजा कृषि क्षेत्र भएकाले पनि पिउने पानीसँगै तरकारीवारी सिंचित गर्नका लागि पानी माग वढि हुदै आएको छ।
वोरिङको अलवा घट्टेखोला, राङरुङ, भुतखोलाको मुहानबाट पानी प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

हेमजामा २४ सै घण्टा पानी उपलब्ध हुन थालेको डेढ वर्ष भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २४ सै घण्टा खानेपानीको व्यवस्था भएको हेमजामा मात्रै रहेको छ। ‘अहिले हामीले कहिले काँही वर्खाका वेला बाहेक अन्य समयमा पानीको गुणस्तरको मापन गरी पानीको गुणस्तरता सुनिश्चित गरिएको छ’ उहाँले भन्नुभयो, ‘अव हामी छिट्टै नै पानी प्रशोधन केन्द्रको काम शुरुवात गरी यहाँहरुलाई धारबाटै पिउन मिल्ने गरी पानी पु¥याउने छौ।’

हेमजा ढाडामा केहि दिनमा नै पानी प्रशोधन केन्द्रको काम शुरु गर्ने उहाँले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *