पोखरा । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आइतबार शाक्य समाज, नदीपुरमा सम्पन्न भएको छ।
जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले सहकारीमा सञ्चालक समितिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सेयर सदस्यहरू पनि संस्थाप्रति उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी, सल्लाहकार जगन्नाथ अधिकारीले सहकारीका सबै सदस्यलाई आफ्नै संस्थामार्फत बचत तथा ऋणको कारोबार गर्न सुझाव दिए। सल्लाहकार डा। गङ्गादत्त सुवेदीले वर्तमान समयमा सहकारी क्षेत्रमा विश्वासको खडेरी परेको अवस्थामा आस्था साकोसले अझ विश्वास जगाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विभिन्न विधामा विद्यार्थी एवम् सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत ज्येष्ठ सम्मानबाट सदस्य भीममाया आचार्य सम्मानित भइन्। संस्था प्रवर्द्धन विकास पुरस्कारबाट विष्णु प्रसाद पौडेल र विष्णु प्रसाद बास्तोलालाई नगदसहित सम्मान गरियो।
त्यसैगरी, उत्कृष्ट विद्यार्थी पुरस्कारबाट प्रमिश अधिकारी र जेहेन्दार विद्यार्थी पुरस्कारबाट सुस्मिता आचार्य सम्मानित भए। उत्कृष्ट कारोबार सम्मानबाट कल्पना जैसी सम्मानित भइन् भने वर्ष असल सदस्य सम्मान रक्ष कुमारी गुरुङले प्राप्त गरिन्। यस वर्षको उत्कृष्ट कर्मचारी सम्मान नमिता पौडेल तिमिल्सिनाले प्राप्त गरिन्। साथै, माध्यमिक तह उत्तीर्ण गरेका कुल १७ जनालाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष बद्रीराज गौतमले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक भीम प्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बसन्त कुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव ज्ञानेश्वर सुवेदीले गरेका थिए । उक्त जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यले दिएका हुन् ।

