पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रीभान चौरनाथु प्रल्हाद परिवार समितिले रु ५ लाख ९१२ रुपैयाँ ८८ पैसा सहयोग गरेको छ।
समितिले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। सहयोग रकम समितिका तर्फबाट गृहमन्त्री सुदन गुरुङमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष अ.क्या डम्बरबहादुर गुरुङले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै आफ्नो क्षमता अनुसार सहयोग गरिएको बताए।
त्यस्तै, समितिका महासचिव याम गुरुङले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले विपद्को समयमा सबै पक्षबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
समितिले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

