२५ न.वडा कार्यालय हेमजाले कृषकलाई अनुदानमा मौरी घार वितरण

Headlines Top Post समाचार होमपेज

 

हेमजा । २५ न.वडा कार्यालय हेमजाले वडाका किसानलाई मौरी घार वितरण गरेको छ । “एक घर एक घार” मौरी अभियान सञ्चालन गर्दै विगत ३  वर्ष देखि वडा कार्यालयले अनुदानमा किसानलाई निरन्तर घार वितरण गर्दै आएको छ ।वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मंगलावार ५० प्रतिशत अनुदानमा मौरीको गोला सहितको घार वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  पोखरा महानगरपालिका कृषि महाशाखा  प्रमुख मनहर कडरियले महानगर सधैँ वास्तविक किसानको हितमा रहेको बताउँदै मौरी पालनलाई व्यावसायिक रूपमा अघि बढाउन आग्रह गरे । मौरी केवल मह उत्पादन गर्ने माध्यम मात्र होइन, यसले वातावरणीय सन्तुलन कायम गर्न र परागसेचनमार्फत कृषि उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा समृद्ध कृषि प्रणाली निर्माणमा टेवा पुर्‍याउने बताए ।

२५ न। वडा कार्यालयका अध्यक्ष एवं महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले किसानको ५० प्रतिशत र वडा कार्यालय बाट ५० प्रतिशत गरी २५ न। वडा भित्रका ५० जना किसानलाई यस आ।व २०८२÷८३ पनि ५० थान घार वितरण गरिएको  बताए । तिम्सिनाले  वडा नं२५ ले सधैँ किसानको हितलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ। कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, र किसानको समृद्धिबिना समग्र विकास सम्भव छैन भन्ने मान्यतासहित वडा निरन्तर रूपमा किसानको साथमा उभिएको बताए । किसानको उत्पादन वृद्धि, व्यवसायीकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ। मौरी पालनजस्ता आयमुखी कृषिमा जोड दिँदै वडाले कृषकहरूलाई प्रोत्साहन, तालिम र सहुलियत प्रदान गर्दै आएको छ।

आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि नवीन योजना र कार्यक्रमहरू ल्याउँदै, किसानमैत्री वातावरण निर्माण गर्न वडा प्रतिबद्ध रहेको जानकारी गराउँदै  सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस्ता अवसरहरूको अधिकतम सदुपयोग गर्न आग्रह गरेका छन् ।

कृषि प्राविधिक पुशपानजली  हमालका अनुसार वडाले हरेक वर्ष वितरण पूर्व सूचना जारी गरी आवश्यक घारको निवेदन माग गर्ने गरेको छ । उक्त माग निवेदनको आधारर्मा वडा मातहतको अनुगमन पछि वितरण कार्यलाई निरन्तरता दिएको बताइन । पछिल्लो ३ आर्थिक वर्षमा गरी हाल सम्म कुल १५५ थान घार वितरण गरिसकिएको  उल्लेख गरिन ।

तालिममा सहभागी कृषकहरूको प्रतिनिधित्व गर्दै मधुसूदन त्रिपाठीले भन्नुभयो,“ वडा नं २५ ले सञ्चालन गरेको यो कार्यक्रम निकै प्रशंसनीय छ। किसानलाई लक्षित गरेर गरिएको यस्तो पहलले प्रत्यक्ष रूपमा आयआर्जनमा टेवा पुर्‍याउने देखिएको छ। दुई दिने प्रशिक्षणले मौरी पालनप्रति हाम्रो बुझाइ र सीपमा उल्लेखनीय वृद्धि भएको महसुस गरेका छौँ। यसले मौरी पालनलाई अझ प्रभावकारी र व्यावसायिक रूपमा अघि बढाउने विश्वास दिलाएको छ। यस्ता उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिन चाहन्छु, ताकि किसानहरू अझ आत्मनिर्भर र सशक्त बन्नप्रेरणा मिलेको छ ।

“किसानलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यका साथ, घार वितरण गर्नु अघि छनोट भएका कृषकहरूलाई २ दिने व्यावहारिक प्रशिक्षण प्रदान गरिएको छ। तालिममार्फत आवश्यक सीप र ज्ञान हासिल गरिसकेपछि मात्र मौरीको गोला सहितको घार हस्तान्तरण गरिएको हुँदा यस कार्यक्रमले दीर्घकालीन रूपमा उत्पादन वृद्धि र व्यावसायिक मौरी पालनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।”

२५ न वडा कार्यालय  हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतीलाल तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य तारा विश्वकर्माले र सञ्चालन कृषि प्राविधिक पुशपानजली  हमालले गरिन ।