हेमजाको फुर्केटारी चोकमा माघे संक्रान्ति मेला हुने, पुरुष तथा महिला भलिबल मुख्य आकर्षण

Headlines खेलकुद पर्यटन समाचार होमपेज

पौष २९, हेमजा । पोखरा २५ हेमजामा माघे संक्रान्ति मेला हुने भएको छ ।  धौलागिरि हेमजा मगर समाजको आयोजना तथा धौलागिरि युवा क्लब हेमजाको सह–आयोजनामा माघ १ गते देखि ५ गते सम्म तेस्रो  माघे संक्रान्ति मेला हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजित मेलामा खुल्ला क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथै  प्रौढ भलिबल प्रतियोगिता एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने धौलागिरि हेमजा मगर समाजका अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जानकारी दिए ।

पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ,महिला भलिबल तर्फ प्रथम हुनेले नगद रु ३० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै पुरुष भलिबलमा द्धितिय हुने समूहले नगद रु ६१ हजार  १ सय ११ रुपैयाँ र  महिला तर्फ द्धितिय समूहले नगद रु २० हजार साथमा ट्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रौढ भलिबल तर्फ प्रथमका लागि खसीका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । पुरुष भलिबलमा सहभागिता हुन नगद रु ६ हजार , महिला भलिबलका लागि नगद रु ३ हजार र पौढ भलिबलका लागि नगद रु २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क राखिएको खेल संयोजक अमित गुरुङले बताए ।

आयोजित विभिन्न खले प्रतियोगितामा सहभागी हुन पौष ३० गते भित्र टिम दर्ता गरी सक्नुपर्ने र सोहीबमोजिम खेल तालिका माघ १ गते बेलुका ५ बजे सार्वजनिक गरिने  धौलागिरि हेमजा युवा क्लबका अध्यक्ष तुक बहादुर रोकाले जानकारी दिए । रोकाले माघ १ गते औपचारिक उद्घाटन कार्यक्रम हुने र माघ २ गते देखि विभिन्न खेलकुद गतिविधिलाई निरन्तरता दिने थप उल्लेख गरे ।

धौलागिरि समाजका सल्लाहकार तम बहादुर रोका अनुसार माघ १ गते फुर्कोटारी चोक देखि ¥याली सुरु भई हेमजा मिलनचोक परिक्रमा गरी खेलमैदान प्रवेश गर्ने तालिका रहेको बताए ।