कार्तिक २६, हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “माछापुच्छ्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मूल नाराका साथा मंसिरको ३ गतेदेखि ५ गते सम्म माछापुच्छ्रे–४,लाहाचोक महेन्द्र मा.विको खेल मैदानमा सञ्चालन हुने छ ।
गाउँपालिका भित्र रहेका विद्यार्थीहरुको खेलकुद विकासको लागि गाउँपालिकाले आवश्यक रकम विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताउनु भयो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोख्रेलले प्रतियोगितामा पालिका अन्तर्गतका १० वटा सामुदायिक र २ वटा संस्थागत माध्यमिक विद्यालय गरी कुल १२ वटा विद्यालयहरूको सहभागिता रहने थप उल्लेख गर्नभयो ।
प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्याक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै ४ x १०० मि.रिले, ४ x ४०० मि.रिले छात्रा÷छत्रा प्रतियोगिता हुने छन् ।
हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगाएतका खेलहरु पनि रहने छन् । मार्चपास तर्फ प्रति विद्यालय १०+१० जना छात्र छात्रा हुनुपर्ने । प्रतियोगितामा सहभागि हुने विद्यार्थीको उमेर १८ बर्ष ननाघेको हुनुपर्ने माछापुच्छ्रे गा.पा खेलकुद विकास समिति सदस्य सचिव हुम ब. गुरुङले जानकारी दिनु भयो । साथै अन्य नियमहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० पाचौं संशोधन २०८० अनुसार हुने ब्यहोरा सहित सम्बन्धित विद्यालयहरूमा पत्र चार गरिएको आयोजकले जानकारी दिएको छ ।

