माछापुच्छ्रे गाउँपालिका कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निमार्णका विषयमा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ शुक्रवार सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाईमा सहभागी नगरिकहरुले शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि, घर नक्सा पास अभिलेखीकरण, सार्वजनिक जग्गा संरक्षण ,सूचना प्रवाह,योजना अनुगमन र गुणस्तरीयता साथै योजनाको प्राथमिकता, ढुङ्गा, गिटि, बालुवा दोहन , क्रसरको राजस्व सङ्कलनमा ताकेता ,वडामा पालिकाले दिने बजेट सिलिङ घट्दो, पालिका एम्बुलेन्सको व्यवस्था गरिनुपर्ने,मुख्य सडकहरूमा सडक बत्ती व्यवस्थापन, सामाजिक सुरक्षा भत्तामा सहजीकरण गर्न, विद्यालय शिक्षामा गुणस्तरीयता नभएको लगाएता विषयमा प्रश्न गरेको थिए ।
नगरिकहरुको गुनासा तथा जिज्ञासाहरूको सम्बोधन माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन व.गुरुङ, उपाध्यक्ष सिता अधिकारी, प्रमुख शासकीय अधिकृत केशव सुवेदी,वडा न.९ का अध्यक्ष एवं गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्री साथै सम्बन्धित शाखाका प्रमुख एवं अन्य विषय विशेषज्ञहरूले गरेका थिए ।
केशव सुवेदीले पालिकामा भएका कार्यप्रगतिहरुको बारेमा स्पष्ट परेका थिए । उपाध्यक्ष सिता अधिकारीले पालिकासंग सम्बन्धित रहेर आएका गुनासाहरूको जवाफ दिँदै नागरिक बाट आएको समस्या र गुनासोको पालिकाले निरन्तर सम्बोधन गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहजीकरण हुनेमा आशावादी रहन आग्रह गर्नुभयो ।
अध्यक्ष मीन।व गुरुङले पालिकाले प्रवाह गरेको सेवाको विषयमा कमजोरी देखिएमा निर्धक्क सत्य तथ्य प्रमाणका साथ गुनासो राख्न र सच्याउनको लागि सम्बन्धित शाखामा अथवा आफूलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।
माछापुच्छ्रे गाउँपालिका वडा न.९ वडा कार्यालयको भवनमा सम्पन्न कार्यक्रम माछापुच्छ्रे निवासी कुल प्रसाद सुवेदी, रक्ष बहादुर क्षेत्री, भक्त ब.गुरुङ, भीम बहादुर तामाङ, कुल प्रसाद अधिकारी, सुशील जङ्ग क्षेत्री, बुद्धि बहादुर तामाङ ,नरेश राज लामिछाने लगायतले गुनासा,सुझाव तथा प्रश्नहरू राखेका थिए ।

