माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिकाको  विजय सुरुवात । 

खेलकुद

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिकाको  विजय सुरुवात ।

पोखरा१४ फागुन । माछापुच्छ्रे  गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र धम्पुसमा बुधवार  देखि तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता२०८१ सुरु भएको छ  

उद्घाटनको पहिलो खेल शुल्ला गण्डकी नगरपालिका तनहुँ र अन्नपूर्ण गाउँपालिका बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै शुक्ला गण्डकीले विजय सुरुवात गरेको छ ।  महिला तर्फ लिक चरणको पहिलो खेलमा आयोजक माछापुच्छ्रेलाई शान्ता भलिबल टे«निङ सेन्टरले सोझो २ सेट जित्दै पछि पार्न सफल भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद गणेशमान गुरुङले खेलकुदमा सदभाव माया ,प्रेम र एकता छ । आदर,सत्कार,मानसम्मानसंकारइज्जत खेल बाट पाउन सकिने समेत उल्लेख गर्नुभयो ।

उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाले खेललाई महत्त्वपूर्णका साथ प्राथमिकतामा राखेर विभिन्न समयमा पालिका भित्र विभिन्न विधाका खेलकुद सम्पन्न गरेका बताइन ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष वैकुण्ठ प्रसाद भण्डारीले पालिकाले खेलकुदका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा खेलकुद प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता धम्पुस गाउँमा सञ्चालन गर्ने पाउँदा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा हार्दिकता साथ स्वागत व्यक्त गरे ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन व।गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न। ९ का अध्यक्ष एवं सामाजिक विकास समिति  संयोजक  हरि व। क्षेत्रीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुम व. गुरुङले गरेका हुन ।

माछापुच्छ्रे  गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म प्रतियोगिता चल्नेछ । पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता  रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाखद्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५०  हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार १ लाखद्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडीउत्कृष्ट स्पाई करमिडिल ब्लकरडिफेन्डरसेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैया विनियोजन गरेको छ ।