प्रथम मौरी महोत्सव–२०८१,उद्घाटन कै दिन दर्शकको भिड ।

पर्यटन

प्रथम मौरी महोत्सव–२०८१,उद्घाटन कै दिन दर्शकको भिड ।

पोखरा, ११ फागुन । मौरी संरक्षण सचेतना अभियान जिल्ला समिति कास्कीको आयोजनामा फागुन ७ गते देखि  विभिन्न कार्यक्रमका बिच जारी  प्रथम मौरी महोत्सव–२०८१ को आइतबार प्रतिनिधि सभा सदस्य माननीय सांसद दामोदर वैरागीको प्रमुख अथित्यतामा औपचारिक उद्घाटन  गरिएको छ ।

“मौरीजन्य पदार्थ खाऔँ, स्वास्थ्य बनौँ, मौरीसँगै रमाऔँ ” भन्ने नारका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य माननीय सांसद दामोदर वैरागीले  कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।  मह स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । धेरै किसिमका स्वास्थ्य समस्यामा महको उपयोग हुने गरेको छ । बजारमा सक्कली र अर्गानी मह भन्दै बेचबिखन हुने गरेको छ । तर महको शुद्धता थाहा नहुँदा कयौँ व्यक्तिले मिसावट युक्त र अस्वस्थ कर महको प्रयोग गरिरहेका हुन्छन् । यस्ता विषयमा अनुगमन हुनुपर्नेमा जोड दिनु भयो ।

माननीय सांसद गणेशमान गुरुङले यो महोत्सवले किसान र सर्वसाधारणलाई महको महत्त्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगर पालिका वडा नं। २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले महोत्सव निकै महत्त्वपूर्ण छ  ‘वडा कार्यालय अघिल्लो वर्ष देखि एक घर एक मौरी घारको अवधारणा साथ मौरी घार वितरण गरेको थियो’  तिम्सिनाले भने,‘वडाले गरेको यो अभियानमा महोत्सव पनि कोषेढुड्डा साबित हुने हामीले विश्वास लिएका छौ ।’ तिम्सिनाका अनुसार गत वर्ष ५० प्रतिशतको साझेदारीमा ५५ वटा मौरी घार वितरण गरिएको थियो ।

महोत्सवमा मौरीका बारेमा जानकारी, मौरी सहितको आधुनिक घारको विक्री, कृषिजन्य उत्पादनको प्रदर्शनी, मह विक्री ,आधुनिक टुनी र उत्तिसको काठ वनेका मौरी सहितको घार सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ ।

सोमवार युवा सडक दौड प्रतियोगिता, समूह स्तरीय रत्यौली प्रतियोगिता,मौरी सम्बन्धी प्रशिक्षण,बाल भजन प्रतियोगिता,साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सव अन्तर्गत फागुन ७ गते विन्ध्यवासिनी मन्दिर परिसरमा देव पूजन, मौरी संरक्षण सचेतना अभियान तथा सरसफाइ, ८ गते हेमजाको राजमार्गको डिभाइडरमा सारिएका बिरुवा गोडमेल तथा सरसफाइ, ९ गते हेमजा रहेका परम्परागत मुढेघार तथा आधुनिक घारमा रहेका मौरी अध्ययन अवलोकन लगायतका कार्यक्रम सम्पन्न गरी सकेको छ ।