सहकारिता, सहकारी ऐन,नियम तथा समसामयिक विषयमा अन्तर्क्रिया गोष्ठी सम्पन्न

अर्थ

फागुन ८, हेमजा । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश,पोखराको आयोजनामा बिहीबार सहकारिता, सहकारी ऐन,नियम तथा समसामयिक विषयमा अन्तर्क्रिया गोष्ठी सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि.कास्की र जिल्ला बचत तथा ऋण सहकारी सघं लि.कास्कीको समन्वय रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले उत्पादन मूलक कार्यमा सहकारीको लगानी हुनुपर्ने, प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने पर्ने लगायतका विषयमा धारण व्यक्त गरे । साथै शुभकामना मन्तब्य जिल्ला सहकारी संघक अध्यक्ष दिपक राज बांस्तोलाले दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरमा सहकारीको पछिल्लो अवस्था बारे पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले, सम्पत्ति शुद्धीकरण सम्बन्धमा सहकारी रजिस्ट्रार को कार्यालय,गण्डकी प्रदेश शाखा अधिकृत चोलाकान्त वाग्लेले, ऋण लगानी असुली सम्बन्धमा ईश्वरी ढकालले र सहकारी सम्बन्धी समस्या र समाधान विषयमा भोजराज रिजालले प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले सहकारीमा ऋण सुरक्षणको अवस्था ,भाका नाघेको ऋणको अवस्था,वार्षिक साधारण सभा, लेखा परीक्षण आन्तरिक लेखा परीक्षण, सम्पत्ति शुद्धीकरण,कार्यविधि निर्माण,सेवा ,बचत र सदस्यको अनुपातमा पुँजीको अनुपात लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेषराज रिजालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जिल्ला बचत तथा ऋण सहकारी सघंका सचिव मिनराज तिमल्सिनाले र सञ्चालन सहकारी रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश,पोखराका शाखा अधिकृत ईश्वरी ढकालले गरिन ।